पेरूमा कोरोना भाइरस संक्रमणको घटना इटालीमा भन्दा बढी देखिएको छ । अहिलेसम्म त्यहाँ कोरोना संक्रमित २ लाख ४० हजार ९ सय ८ पुगेको छ ।

एक समय इटाली पूरै युरोपमा कोरोना संक्रमणबाट सबैभन्दा बढी प्रभावित थियो। पेरू संक्रमणको सन्दर्भमा ब्राजिल पछि दोस्रो स्थानमा छ। अहिलेसम्म पेरुमा कोरोनाबाट ७ हजार २ सय ५७ व्यक्तिको मृत्यु भइसकेको छ । त्यस्तै ब्राजिलमा ४५ हजारको ज्यान गएको छ।

ल्याटिन अमेरिका कोरोना महामारीको केन्द्रबिन्दु हो । जहाँ ४० लाख भन्दा बढी मानिसहरू संक्रमित छन् । कोरोनाको संक्रमण बढ्दै गएपछि पेरूले लकडाउन ३० जूनसम्म बढाएको छ।