पर्वत अस्पतालका ५ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौमा गरिएको परिक्षणमा ५ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि संगै अस्पतालले शुक्रबार देखि इमर्जेन्सी बाहेकका सबै सेवा बन्द गरेको अस्पताल प्रमुख शिशिर देबकोटाले बताए

पर्वत अस्पतालले बिज्ञप्ती प्रकाशित गर्दै संक्रमण पुष्टि भएको जानकारी दिएको छ। पर्वत अस्थायी कोरोना अस्पतालमा संक्रमितको उपचारमा संलग्न डाक्टर सहितका स्वास्थ्यकर्मीमा संक्रमण देखिएको स्रोतले जनायो।

जेठ २० गते पहिलो पटक संक्रमण पुष्टि भएपछि कोरोना अस्थायी अस्पतालमा एक हप्ता खटिएका स्वास्थ्यकर्मीमा संक्रमण देखिएको स्रोतले बतायो । कोरोना अस्पतालमा कार्यरत ७ जनाको नमुना परिक्षण गरिएकोमा ५ जनामा संक्रमण पुष्टि भएको हो । कोरोना अस्पतालमा एक हप्ता बिताइएपछि उनीहरु अहिले पनि क्वारेन्टाइनमा नै रहेको बताइएको छ ।