बागलुङको ढोरपाटन नगरपालिकाका थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।भारतदेखि आइ क्वरोन्टाइनमा बसेका एक महिला र ४ जना पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले खबरवे अनलाईनलाई जानकारी दिनुभयो ।

काठमाडौंमा गरिएको स्वाब परीक्षणमा उनीहरुलाई कोरोना पुष्टि भएको प्रमुख गुरौले बताउनुभयो । ढोरपाटन नगरपालिका—५ भूँजी माविको क्वारेनटाईनमा रहेका वर्ष ११, १५, १६ र २० वर्षको पुरुष र ६० वर्षकी महिलामा कोरोना पोजेटिभ देखिएको रिपोर्ट आएको ढोरपाटन नगरपालिका स्वास्थ्य शाखा प्रमुख घनश्याम चालिसेले बताउनुभयो ।

यससँगै बागलुङमा कोरोना संक्रमितको संख्या ६६ पुगेको छ । आजै बागलुङ नगरपालिकाका ५, काठेखोला गाउँपालिकाका ६ र गल्कोट नगरपालिकाका ८ जनामा कोरोना पुष्टि भएको थियो ।आज पुष्टि भएका ढोरपाटन र बागलुङ नगरपालिकाको काठमाडौंमा र काठेखोला गाउँपालिका र गल्कोट नगरपालिकाको पोखरामा परीक्षण गरिएको थियो ।

बागलुङ नगरपालिका, काठेखोला गाउँपालिका र गल्कोट नगरपालिकाका संक्रमितहरुलाई धौलागिरी क्याम्पसको प्रि–आइसोलेसनमा राखिने छभने ढोरपाटन नगरपालिकाका संक्रमितहरुलाई बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रको प्रि–आइसोलेसनमा राखिने छ । Source: khabarway.com