बाँदर,दुम्सी लगाएतका जंगली जनावरले खेतीबाली नष्ट गरिदिने कुरा त सबैलाई थाहा भएकै हो । तर कागले पनि किसानले लगाएको बाली नष्ट गरेर किसानलाई रुनु न हाँस्नुको अवस्थामा पु¥याएको कुरा भने धेरैका लागि नौलो हुनसक्ला । म्याग्दीका ग्रामीण क्षेत्रका किसानलाई कागले सताएपछि हैरान भएका छन् ।

खेतबारीमा लगाएको मकै बाली र तरकारी बाली कागको बथानले नष्ट गरिदिए पछि यहाँका किसान रुनु न हाँस्नुको स्थितिमा पुगेका छन् । जिल्लाको बेनी नगरपालिका वडा नं २ डाँडाखेत,अम्बोट लगाएतका क्षेत्रमा पाक्नै लागेको मकै,सिमी लगाएत तरकारी बाली कागको बथानले नष्ट गरिदिएको स्थानीय कृषक सुनिल सापकोटाले बताए ।

सापकोटाका अनुसार डाँडाखेत र अम्बोट क्षेत्रमा मात्रै होइन खबरासम्म कागले पाक्नै लागेको मकैबाली खाएर र बोट ढलाएर नष्ट गरिदिएको छ । ‘हाम्रो मकै बाली कागले मासेर नष्ट गरिदियो,अव हामी उजुरी गर्न कहाँ जाने ? सापकोटाले भने । अम्बोट र डाँडाखेतको फाँटमा कागले सताउन थालेपछि स्थानीयले विहानदेखि बेलुकीसम्म मकै जोगाउन कुरेर बस्नु पर्ने समस्या रहेको स्थानीय डिलबहादुर सापकोटाले बताए ।

‘बिहान उज्यालो हुने बित्तिकै खेतमा काग आउँछ, पालो लगाएर बिहानदेखि बेलुकासम्म खेतमा मकै जोगाउन कुरेर बस्नुपर्छ, उनले भने । सापकोटाले भने ‘कागले सीमि,बोडी,आलुका साथै तरकारीबालीमा पनि क्षति पु¥याएको छ ।

हिउँदमा आलु जोगाउन मुस्किल, अहिले फेरि मकै, तरकारी र फलफूल जोगाउन मुस्किल भयो कागले मकै खाने तथा च्यातेर नष्ट पा¥यो, हामी त रुनु न हाँस्नुको अवस्थामा पुगेका छौं । डाँडाखेतदेखि अम्बोटसम्मको हजारौ रोपनी फाँटमा कागले मकै च्यातेर र मकैका रुख ढालेर नष्ट गरेपछि बगरफाँटको टाकुरा नजिकै बस्ने भीमबहादुर विकले डाँडाखेतमा सानो झुपडी नै बनाएर काग धपाउन बसेका छन् ।

हूलका हूल काग आएर खेतबारीमा बाली नष्ट गर्ने गरेकोले बालीनाली जोगाउन बिहानदेखि बेलुकासम्म खेतबारीमा कुर्दा पनि जोगाउन नसकिएकोे उनको भनाइ छ । विक भन्छन् ‘पशुले खाइदिएको भए अर्मल लिनु हुन्थ्यो, मान्छेले क्षति पु¥याइ दिएको भए उजुरी गुर्नहुन्थ्यो,दण्ड तिराउन पाइन्थ्यो, कागले पो सखाप पारिदियो त, अव उजुरी गर्न कहाँ जाने हामी ?

‘देशका अन्य क्षेत्रमा बाँदरले बालीनाली नष्ट गर्दा किसानहरुले राहत वा क्षतिपूर्ति पाएका छन् ,स्थानीय कृषक सुनिल सापकोटाले भने ‘यहाँ कागले हजारौं रोपनी क्षेत्रफलमा लगाएको मकैबाली नष्ट गरेको छ , त्यसैले नगरपालिका वा वडाले किसानलाई क्षतिपूर्ति दिनुपर्छ ।