आफ्नो जन्मदिनमा महंगो खर्च गरेर मनाउने संस्कार नेपालमा भन्दा विदेशमा धेरै हुन्छ। धर्तीमा पाइला टेकेको दिनलाई आफन्त, साथीभाईलाई भोजभतेर गरेर उत्सवको रुपमा मनाउने संस्कार नै बसिसकेको छ ।

जन्मदिनमा फजुल खर्चलाई निरुत्साहित गदैं लायन्स क्लब अन्तर्राष्ट्रिय–३२५ बि १ नेपालका सनियर सेक्रेटरियट एडभाईजर सन्तोष रावलले १० हजार बराबरको एन ९५ मास्क र पर्वत जिल्लाको कुश्मा नगरपालिका–३ दुर्लुङको ढकालबारीका पहिरो पीडितलाई सहयोग गर्नुभएको छ ।

राष्ट्रिय यूवा संघ नेपालका केन्द्रियस्तरका नेता एवम् म्याग्दीका यूवा नेता समेत रहेका रावलले जन्मदिनको अवसरमा विगतका बर्षजस्तै यसबर्ष सहयोग गरेर मनाएको बताउनुभयो ।

‘जन्मदिनमा सधै सानो भएपनि सहयोग गर्छु,‘मानवीय तथा सामाजिक कार्यलाई भविस्यमा पनि निरन्तरता दिन्छु’ रावलले भन्नुभयो । उहाँले छिमेकी जिल्ला पर्वतको पहिरो पीडितलाई लायन्स लगातका संघसंस्थामार्फत समेत सहयोगको अभियानमा समेत सक्रिय रहेको बताउनुभयो ।