पाेखरा, ७ असार । गण्डकी प्रदेशमा थप ५८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएकाे छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनलायका अनुसार तनहुँ, नवलपुर, गोरखा, म्याग्दी, कास्की, स्याङ्जा बागलुङका ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डा. विनोद विन्दु शर्माका अनुसार तनहुँमा २५, नवलपुरमा १६, गोरखामा ५, म्याग्दीमा १, कास्कीमा २, स्याङ्जामा १ र बागलुङका ८ जनामा कोरोना संक्रमित थपिएका हुन् ।यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४३८ पुगेको छ।