करेन्ट लागेर दुबै हात गुमाएका म्याग्दीको मंगला गाउँपालिका-२ बावियाचौरका २८ बर्षिय खिम बहादुर पुनलाई मुन्डुबेरा नेप्लिज कम्यूनिटी, क्वीन्सल्यान्ड अष्ट्रेलियाबाट २ लाखभन्दा बढी आर्थिक सहयोग गरिएको छ ।

पश्चिम म्याग्दीको दरबाङमा विद्युतीकरणमा काम गर्ने क्रममा करेन्टले हात गुमाएका पुनको उपचार र पालनपोषमा सहयोग गर्ने गरी पूर्ण रोका र विन्दु छन्त्यालको पहलमा सङ्कलन गरिएको २ लाख ३९ हजार १५७ रुपैयाँ हस्तान्तरण गरिएको हो ।

‘उपचारमा आर्थिक अभावको जानकारी पाएपछि अभियान सुरू गरेका थियौं,‘पीडितका दाजुको बैंक खातामा रकम जम्मा भएको छ’ रोकाले भने । उनका अनुसार सहयोगले उपचार तथा घरायसी खर्चमा समेत सहज हुने अपेक्षा गरिएको बताए । करेन्ट लागेर घाईते भएका पुनको हाल किर्तिपुर अस्पतालमा उपचार भइरहेको छ ।