पोर्तुगलमा मृत्यु भएका बेनी नगरपालिका-५, भिरमुनीका गणेश बानियाँको बैदिक परम्परा अनुसार बेजास्थित फेरेईरामा अन्तेष्टि गरिएको छ । रोजगारको सिलसिलामा यूरोपेली मुलुक पोर्तुगल पुगेका बानियाँको मोना पोर्तुगलको नेतृत्वमा गैर आवासीय नेपाली संघ पोर्तुगलको सहकार्यमा शुक्रबार अन्त्येष्टी गरिएको हो ।

हृदयघातका कारण आफ्नै निवास नजिक पार्कमा अचेत अवस्थामा भेटिएका बानियाँको पार्थिव शरीरमा छोरीले हिन्दु परम्परा अनुसार छोरीले दागबत्ती दिएको मोना अन्तराष्ट्रियका यूरोप संयोजक निरोज कार्कीले जानकारी दिनुभयो ।

‘कोरोनाको जोखिमका बाबजुत पनि म्याग्देली जम्मा भएका थियौं,‘केहीदिनको अन्तरालमा हामीले दुई म्याग्देलीलाई गुमाउनुपरेको छ’ कार्कीले भन्नुभयो । उहाँका अनुसार बेनपा–४ सिंगाका दिपक बानियाँको मृत्युको शोकमै रहेका म्याग्देलीले अर्को एक सक्रिय यूवालाई गुमाउनुपरेको बताउनुभयो ।अन्तिम संस्कारका लागि अलेन्तेजू क्षेत्र तथा केन्द्रबाट ३ हजार ६५० आर्थिक संकलन गरी शब दहन र अन्य खर्च गरी बाँकी रहेको १४ सय ६५ रुपैयाँ स्वर्गीय बानियाँको छोरीको आग्रह अनुसार मोना पोर्तुगलको राहत कोषमा जम्मा गरिएको अध्यक्ष टेक फगामीले बताउनुभयो । ‘

अल्पआयुमा नै यस्तो होला भनेर कस्ले सोचेको थियो,‘उहाँको सम्झनामा केही काम गछौं’ फगामीले भन्नुभयो। अन्तेष्टीको अवसरमा एनआरएनए पोर्तुगलका अध्यक्ष तिलक गैर, जनसम्पर्क समितिका उपाध्यक्ष ओकिल केसी, मोना अलेक्तेजाका क्षेत्रीय अध्यक्ष मणीरत्न उपाध्याय पौडेल लगायत ५० जनाको सहभागीता रहेको थियो । असामयिक निधनको खबरले स्तब्ध र मर्माहत भएका मृतक बानियाँका परिवारलाई समेत त्यहाँ रहेका म्याग्देलीले अन्त्येष्टी धार्मिक विधि अनुसार गरेको जानकारी समेत गराएका थिए। मोना आइसीले दिवंगत आत्माको चिर शान्तिको कामना सहित श्रद्धान्जली ब्यक्त गरेको छ ।