पर्वत अस्पतालको सेवा ठप्प भएपछि बिरामी बेनी अस्पतालमा आउन थाले

0

पर्वत अस्पतालमा कार्यरत पाँच जना स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि कुस्मा आसपासका बिरामी समेत उपचारका लागि म्याग्दीको बेनी अस्पतालमा आउन थालेका छन् । पर्वत अस्पतालको सेवा ठप्प भएपछि शब पोस्टमार्टम साथै मापासे गरेकालाई समेत बेनी अस्पतालमा चेकजाँचका लागि ल्याउने गरिएको छ ।

पर्वत प्रहरीले शुक्रबार छुट्टाछुट्टै ठाँउमा आत्महत्या घटनाका दुई शवको छिमेकी म्याग्दीको बेनी अस्पताल र जिल्ला बागलुङमा लगेर पोस्टमार्टम गरेको हो ।अस्पतालमा इमर्जेन्सीबाहेकका सेवा ठप्प भएपछि प्रहरीले पोस्टमार्टमको लागि कुश्मा नगरपालिका १ पाङकी सुस्मिता पौडेलको शव बेनी अस्पतालमा ल्याइएको थियो।

‘पर्वतको जलजला क्षेत्रबाट नियमित नै विरामी आउँछन्,‘कोरोना देखिएपछि इमरजेन्सीका बिरामी समेत आउन थालेका छन्’ बेनी अस्पतलाका प्रमुख डा. अमृत अधिकारीले भन्नुभयो ।

अस्पताल पर्वतमा कोरोना सङ्क्रमण देखिएसँगै अस्पताल व्यवस्थापन पक्षले अस्पताल क्षेत्र सिल गर्दा शव पोस्टमार्टम गर्न समेत ल्याइएपनि मापासे गरेकालाई नपठाउन समेत जानकारी गराइएको छ । शुक्रबार र शनिबार कुस्मा नगरपालिका पाङ, मालढुंगा लगायतका स्थानबाट उपचारका लागि बेनीमा आएको स्वास्थ्यकर्मीले बताएका छन् ।

बेनी अस्पतालमै नियमित बिरामी र कोरोनाको जोखिमले आवश्यक सर्तकता अपनाइरहेको अवस्थामा इमरजेन्सी बाहेक अति आवश्यक बाहेकका बिरामी चेकजाँचमा समस्या भएको अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताउनुभयो । शुक्रबार पर्वत जिल्ला अस्पतालमा कार्यरत दुई जना डाक्टरसहित दुई नर्स र एक जना कार्यालय सहयोगीमा कोरोना भाइरस सङ्क्रमण पोजेटिभ देखिएको थियो।

Leave a Reply