पश्चिम म्याग्दीको मालिका गाउँपालिकाले रोजगार, बाँझो जमिन पूर्ण सदुपयोग लगायतका लोकप्रिय कार्यक्रमलाई केन्द्रमा राखेर आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ। शनिबार दरबाङमा सम्पन्न भएको गाउँसभामा आर्थिक वर्ष २०७७÷७८ का प्रस्तुत निति तथा कार्यक्रमको पूर्णपाठ हेनुहोस् ।

आर्थिक बर्ष २०७७÷०७८ को नीति तथा कार्यक्रम

म्याग्दी
आ.व.२०७७÷०७८ को वार्षिक नीति तथा कार्यक्रम
६ आषाढ २०७७
सभाध्यक्ष महोदय,
संघीय गणतन्त्र नेपालको स्थापना भए पश्चात जनताको जनादेश प्राप्त संविधान सभा मार्फत निर्माण गरिएको संविधानको कार्यान्वयन गर्ने शिलशिलामा २०७४ स्थानीय तहको निर्वाचन पश्चात तपाइ हामी मालिका गाउँपालिका वासीको स्थानीय सरकारको प्रतिनिधिको रुपमा सेवा गर्ने अवसर प्राप्त भए पश्चात हामिले मालिकावासीको जनताका जनअपेक्षा अनुरुप कार्य गर्ने प्रयत्न गरिनै रहेका छौं ।

विकास भनेकै जनताका अपेक्षाहरुलाई सम्वोधन गर्ने क्रममा सरकारले गर्ने निरन्तर सकरात्मक परिवर्तनका गागि गर्ने प्रयत्नहरुको निरन्तर प्रक्रिया रहेछ । त्यसैले गत गाउँसभा मा प्रस्तुत भएका जनताका चाहानाहरु अहिले पनि निरन्तर रहिरहेको अवस्थालाई मध्यनजर गर्न जरुरी छ ।

तर विगत ६ महिना अगाडि देखि चिनको हुवेइ प्रान्तको वुहान वाट देखा परेको कोभिड १९ (कोरोना) भाइरसको महामारीले संसारलाइ नै तहसनस मात्र पारेको छैन वर्तमान मानज सभ्यता र अस्तित्व माथिनै सवै भन्दा ठुलो चुनौतिको रुपमा देखा परेको कारण गत विगतका नीति तथा कार्यक्रममा क्रम भंगता समेत देखा परेको अवस्था रहेको तर्फ सवैको ध्यानाकार्षण गराउन चाहान्छु ।

नेपालको सार्वभौमसत्ता, स्वाधिनता, भौगोलिक अखण्डता, राष्ट्रिय हित, स्वाभिमान, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक युग ल्याउन जनक्रान्तिका माध्यमबाट आफ्नो अमूल्य जीवन बलिदान दिनुहुने सम्पूर्ण ज्ञात–अज्ञात शहिदहरुप्रति सम्मान व्यक्त गर्दै सर्वप्रथम त म यस गाउँपालिकाको विभिन्न ठाउँबाट तथा नेपालको विभिन्न आन्दोलनका विभिन्न कालखण्डका सम्पूर्ण ज्ञात अज्ञात शहिदहरु प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।
गाउँपालिकाबासीहरुमा विकास निर्माणको चाहना अधिक रहेको र सोहि अनुसार विकासका गतिविधिहरु समेत सञ्चालनमा रहेको अवस्थामा विश्व व्यापि देखिएको कोरोना महामारीको कारण हाम्रो गाउँपालिका तथा गाउँपालिका वासी पनि नराम्ररी प्रभावित भएका छौं ।

यस्तो अवस्थामा उपलब्ध साधन र श्रोतको समुचित व्यवस्थापन र प्रयोगद्धारा गाउँबासिको चाहाना बमोजिम मालिका गाउँको समृद्धी र विकासको लागी अधिकतम प्रगती हासिल गर्ने योजना तथा कार्यक्रमहरुलाई ध्यान दिनु छँदैछ तर त्यो भन्दा एक कदम अगाडि मालिका वासीहरुलाई कोरोना मुक्त वातावरण सिर्जना गरि कोरोनाको कहालि लाग्दो कहरवाट जनतालाई मुक्त गराउनु मालिका गाउँपालिकाको पहिलो कर्तव्य हुन गएको छ ।

त्यसैले मालिका गाउँपालिका स्थानीय जनताको कोरोना कहरले निम्त्याएको असहज, भय र त्रासदीपुर्ण अवस्थावाट जनतालाई मुक्त गराउन तल्लिन रहेको र प्रतिवद्ध रहेको कुरा जानकारी गराउन चाहान्छु । जनता सँग सवै भन्दा निकट रहेको सरकार भएको कारण हामी जनप्रतिनिधीहरु जनता र हामी बिचको सम्बन्धलाई प्रगाढ बनाइराख्न हामी हरवखत कटिबद्ध रहेका छौं ।

बहुजातिय, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधता युक्त हाम्रो गाउँपालिका मालिका गाउँपालिकालाई समृद्धीको बाटोतर्फ डो¥याउन यहाँ रहेका प्राकृतिक, धार्मिक, सांस्कृतिक, पुरातात्विक महत्वको स्थान तथा बस्तु र यस गाउँपालिकाका विषेशताहरुको संरक्षण, गर्दै नयाँ सम्भावानाहरुको खोजिगर्नु पर्ने आवश्यकताा रहेकोछ ।

मालिका गाउँबासिले हामीलाई सुम्पिएको जिम्मेवारी,हामिलाई गरेको बिस्वास मुलत सुशासन सहितको विकास र अभियानका लागी निरन्तर लागी पर्ने प्रतिबद्धता व्यक्त गर्दछु । वर्तमान संघिय सरकार तथा प्रदेश सरकारका नीति तथा कार्यक्रमले परिलक्षित गरेका लक्ष्य, संघिय सरकारको प्रस्तावित १५ औ आवधिक योजनाको मर्म, गण्डकी प्रदेश सरकारको प्रदेश विकास योजनाले निर्दिष्ट गरेका लक्ष तथा उद्धेश्यहरु तथा स्थानीय सरकार संचालन ऐन २०७४लेनिर्दिष्ट गरेका प्रावधानहरु, साथै विभिन्न तहबाट प्राप्त हुन आएका सुझाव समेतका आधारमा तयार गरिएको छ ।

गतगाउँसभामा छलफल गरिएका बिषयहरु क्रमस गौरबका योजनाहरु, सडकहरुको स्तरोन्नति,कोरोना महामारी वाट प्रभावित जनतालाई पुनसर््थापना कार्यक्रम, कृषि,पशु,विद्यालय पुर्वाधार विकास तथा शैक्षिक गुणस्तर कार्यक्रम,प्रत्येक विद्यालयमा इन्टरनेट विस्तार कार्यक्रम, स्वास्थ्य चौकि स्तरोन्नति,भौतिक पूर्वाधार, शिशु हेरचाह केन्द्र व्यवस्थापन, सबै विद्यालयका शिक्षकहरुको लागियुवा स्वरोजगार तथा युवा लक्षित कार्यक्रम, लघु उद्यम प्रबद्र्धन,भुमी बैंक स्थापना गरी बाँझो रहेका जग्गाहरुलाई सहकारी मार्फत उपयोग गर्ने, विपद व्यवस्थापन सामाग्रीको व्यवस्थापन,फुड बैंकको बृद्धी र व्यवस्थापन कृषि प्रवर्धनद्वारा रोजगारको सृजनाजस्तासाँझेदारिमा आधारीत कार्यक्रम सहित प्रभावकारी सेवा प्रवाह व्यवस्थापन जस्ता कार्यक्रमलाई पुन जोड दिईएको छ ।

विकासका गतिविधि लक्ष प्राप्तिहरुको मापन गर्नुपर्ने भएको कारण र अहिले सिर्जना भएको विकराल परिस्थितिको कारण गुरुयोजना तथा गाउँपालिकाको पाशर््व चित्रमा समेत अद्यावधिक गर्नु जरुरी भएकोले यस नीति तथा कार्यक्रममा सो सम्वन्धमा समेत ध्यान दिइएको छ ।
सभाध्यक्ष महोदय,
“सवैको एक्यवद्धताः, स्वच्छ, सुन्दर समृद्ध मालिका हाम्रो प्रतिवद्धता” भन्ने यस गाउँपालिकाको दुर दृष्टिलाई चरितार्थ गर्न जातिय, धार्मिक, भाषिक, सांस्कृतिक तथा भौगोलिक बिविधता युक्त सामाजिक एकता भएको प्राकृतिक सौन्दर्यले भरिपूर्ण यसगाउँपालिकालाई थप शैक्षिक, आर्थिक, सामाजिक, साँस्कृतिक र पर्यटनको केन्द्रको रुपमा विकसित र समृद्ध बनाउदै लैजानका लागि आ.व. २०७७÷७८ मा योनीति तथा कार्यक्रम तर्जुमा गरी यस सम्मानीत सभामा प्रस्तुत गर्ने अनुमति चाहान्छु ।

१. पूर्वाधारविकास नीति 
१.१ सडक तथा पुल
१.१.१.सडक निर्माण र स्तरोन्नती गर्दा गाउँसडक गुरुयोजनामा परेका र जनसहभागिता एवं लागत सहभागिता बढी हुने क्षेत्रका योजना तथा कार्यक्रमलाई प्राथमिकता दिईनेछ । योजनाको लागत इस्टीमेट गर्दा ६० प्रतिशत कटीङ र ४० प्रतिशत संरचना निर्माण गर्ने नीति अवलम्बन गरिनेछ ।
१.१.२ गाउँपालिका क्षेत्रभित्रका प्रमुख सडकहरुको सडक सुरक्षाका लागि सडक पूर्वधारको निमार्ण,मर्मत संम्भारएवं स्तरोन्नती गर्दा सडकको ग्रेड सुधार,मोड सुधार गरि बाह्रै महिना यातायात सञ्चालन हुने बनाउन प्राथमिकता दिईनेछ । यो कार्यक्रम सञ्चालन गर्दा माथि १.१.१ मा परेका सडक मध्येवाट लाभान्वित जनसंख्याको आधारमा कम्तिमा “एक वडा एक सडक”गाउँ स्तरिय योजनाको रुपमा निर्माण गरिने नीति अवलम्वन गरिनेछ ।
१.१.३ पहिलो,दोश्रो र तेस्रोगाउँ सभावाट पारित नीति अनुसार साविकको दरबाङ्ग गा.वि.स.वडा नं १,२ बजार क्षेत्रका शाखा सडकमा ४ मीटर कायम गर्ने र अन्य क्षेत्रका सडकमा ६ मिटर कायम गर्ने नीति लिईनेछ ।
१.१.४.जनसहभागितामा आधारित सडक योजनाहरु संचालनको लागी ६० तथा ४० अनुदानको नीति बनाई संचालनमा ल्याईनेछ ।
१.१.५ दरबाङ बजार क्षेत्र भित्र पर्ने सडकको कालोपत्रे गर्नगाउँसडक योजनाहरुमा लगानी गरी आगामी दुइ वर्ष भित्र २कि.मि. मुख्य सडकहरु पक्की बनाउने गुरु योजनाको लक्ष्य पुरा गर्न यस आ.व मा ५०० मिटर सडक निर्माण कार्यलाई प्राथमिकता दिईनेछ साथै सडक सुरक्षा कार्यक्रम संचान गरिनेछ ।
१.१.६गाउँ क्षेत्रमा पर्ने गौरवका योजनाहरुलाई निरन्तरता दिदै प्राथमिकता प्राप्त विषेश महत्वका सडक आयोजनाहरु चिउरीबोट,सिस्नेरीहुदैसोले, फुलवारी, सोवरवोट, नुनथला,ओखरवोट हुदै सोले,जेम हुदै पात्ले, बिम हुदै मालिका धुरी,दिच्याम दुखु लेक हुदै मालिका धुरी, दुखु लेक देखि हिदी,लुक्सीपार देखि सोले,निस्कोट देखि ताराखोला, निस्कोट केस हुदै टिकाबाङ, जेम दुरुलेक,आखारिङ्गे,गरजरन हुदै महभिर, अर्गलाविङबाङसम्मको सडकमा काम यथासिघ्र व्यवस्थीत गरिनेछ । साथै यी सडक लगायत अन्य प्राथमिकतामा आधारित योजनाहरुलाई महत्वपूर्ण आयोजनाको रुपमा लिने नीति अवलम्वन गरिनेछ ।
१.१.७मर्मत सम्भार कोषको स्थापनाका लागि ”हिँउद बर्षा गाडी चल्छ सधै भरी,मर्मत संभार कोष राखौ अधि बर्ष सरी” कार्यक्रम अन्र्तगत ३ प्रतिशत रकम जुटाई मर्मत सम्भार कोष खडा गर्ने कार्यलाई थप व्यवस्थित बनाईने छ । यसरी जम्मा भएको मर्मत संभार कोषमा जम्मा हुन आउने रकम कोषको कार्यविधी बनाएर मात्र खर्च गर्ने व्यवस्था मिलाईने छ ।
१.१.८ गाउँपालिकाको दरवाङ वजारमा व्यवस्थित हिसावले पार्किङको व्यवस्था मिलाउन जग्गाको उपलव्धता, वाटोको अवस्था हेरी यातायातका प्रकारका आधारमा छुट्टा छुट्टै गाडिपार्क स्थल निमार्ण गर्नका लागि आवश्यक व्यवस्था मिलाईनेछ ।गाउँपालिकाको केन्द्र दरबाङ्ग बजारमा सार्वजनिक जग्गा खोजी व्यवस्थित बसपार्क निर्माण गरिनेछ ।
१.१.९ आ.ब.०७७÷७८ मा संचालन हुन सक्ने गरीवाँवियाचौर देखि वेनीसम्म रोडको स्तरोन्नति कालो पत्रे भइरहेकोमा वाँवियाचौर देखि दरवाङ सम्मनिर्माण कार्य समयमानै सम्पन्न गर्न पहलगरिनेछ ।
१.१.१० बहुबर्षिय आयोजनाको रुपमा प्रत्येक वडामा ”एक वडा एक गौरवको आयोजना”संचालन गरी २ बर्ष भित्र सम्पन्न गरिनेछ ।
१.१.११. मालिका गाउँपालिका क्षेत्र भित्रका निर्माणाधिन अवस्थामा रहेका झोलुङ्गे पुललाई निरन्तरता दिदै आवश्यक ठाँउमा झोलुङ्गे पुल निर्माण गर्नसंघीय सरकार, प्रदेश सरकार र पुल निर्माण कार्यमा सहयोग पु¥याउने सम्बन्धीत निकायसँग आवश्यक समन्वय गरि नयाँ झोलुङ्गे पुल निर्माणका लागि डीपीआर गरिनेछ ।
१.१.१२नूनथला,वतासे,सांगोबोट,कोटखोला,खहरेखोलामा मोटरेवल पुल तत्काल सर्वे डिजाइन गरि निर्माणका लागि प्रस्तावना संघीय सरकार र प्रदेश सरकारमा पेश गरिनेछ ।
१.१.१३ यातायात र आवातजावत सरल बनाउन र प्रर्यटन प्रवर्धन गर्न नमूना झोलुङगे पुल निर्माण अन्तर्गतका चिउरीवोट देखि ओखरवोट,डाँडागाउँ देखि रुम,विम देखिदेविस्थान,हक्ल्याङ देखि निस्कोट जोड्ने नमूना पुल निर्माणमा पहल गरिनेछ ।
१.१.१४”जहाँ बाटो त्यहाँ रुख,त्यसले ल्याउछ परम सुख”को नारालाई चरितार्थ गराउन सामुदायीक वनसँग सहकार्यमा सडकका दुवै किनारामा विरुवा रोप्ने नीति लिइनेछ ।
१.१.१५ निर्माण सम्पन्न झोलुङ्गे पुल एक हेरालु कार्यक्रम लागु गरि झोलुङ्गे पुल संरक्षक नियुक्त गरिनेछ साथै गाउँपालिका भित्र जीण अवस्थामा रहेका झोलुङ्गे पुलहरुलाई मर्मत सम्भार गरिनेछ ।
१.१.१६ यस मालिका गाउँपालिका भित्रका सडक सञ्जालले छोएका व्यक्तिगत जग्गाको लगतकट्टा गरि राज्यको नाममा ल्याउनका लागि विशेष पहल गरिनेछ ।
१.२ सिंचाइ
१.२.१. लिफ्ट सिंचाई लगाएत अन्य ठूला सिंचाई एकीन गरि परियोजना निर्माणको लागि संघिय सरकार र प्रदेश सरकारमा आवश्यक पहल गरिनेछ ।
१.२.२ वर्तमान अवस्थामा सञ्चालित सिंचाई योजनाहरुको स्तरउन्नति गरि थप क्षेत्रमा सिंचाइ सुविधा विस्तार गर्ने नीति अवलम्वन गरिनेछ ।
१.२.३ नयाँ प्रविधिमा आधारित र समुदायको सहभागितामा लिफ्ट सिंचाइ समेतबाट कृषियोग्य भूमिमा थप सिँचाइ सुविधा पु¥याउन संघिय सरकार, प्रदेश सरकार,तथा अन्य संघ संस्थाहरुसँग समन्वय गरी कार्यान्वयन गर्न पहल गरिनेछ ।
१.३ भवन
१.३.१. गाउँपालिकाको योजना तथा कार्यक्रम सञ्चालन गर्दा विगतमानै तयार भएको गाउँविकास योजना, राष्ट्रिय भवन संहिता, निकट भविष्यमा भूउपयोग योजना तयार गरी कार्यान्वयन गरिनेछ ।
१.३.२गाउँपालिका क्षेत्रभित्र बिना स्वीकृती कुनै जग्गा प्लटिङ गरी बेच्ने कार्य निरुत्साहीत गरिनेछ। गाउँपालीकाको स्वीकृत वेगर मापदण्ड बिपरित प्लटिङ गरी निर्माण गरिएको सडकहरुमा गाउँपालिकाबाट पुर्वाधार बिकासमा लगानि नगर्ने नीति लिईनेछ ।
१.३.३ नक्सा पास सम्बन्धमा जनचेतना जगाई कुनै पनी नीजि आवास तथा संघ संस्थाले भवन निर्माण, घर, टहरा निर्माण गर्दा अनिवार्य रुपमागाउँपालिकाबाट नक्सा पास गरेर मात्र निर्माण गर्ने परिपाटीलाई थप व्यवस्थीत गर्दै लगिनेछ ।
१.३.४ “सबैको चाहाना स्वच्छ रहर, सुन्दर समृद्ध दरवाङ शहर” सुरक्षित गाउँ बनाउन र सम्भावित भूकम्पीय जोखिमबाट हुन सक्ने क्षतिलाई न्युनिकरण गर्न तथा घर नक्सा पास कार्यलाई व्यवस्थित नियमित तथा मर्यादित बनाउनदरवाङ्ग वजार क्षेत्रको शहरी योजना तयार गर्न आवश्यक व्यवस्था मिलाईनेछ ।
१.३.५ प्रत्येक वडा कार्यालयहरु र स्वास्थ्य चौकीहरुको जग्गा भएका र जग्गा नभएका वडाहरुको लागि भवन निर्माण गर्न आवश्यक जग्गा खरिद गरिनेछ भने आफ्नै भवन निर्माण गर्ने कार्यलाई तिब्रताका साथ अगाडी बढाउनका लागि संघीय सरकार र प्रदेश सरकारको साझेदारीमा निर्माण गर्ने निति लिइनेछ ।
१.३.६ यस मालिका गाउँपालिकालाई खरको छानामुक्त बनाउनको लागि यसै आ.व. भित्रमा सवै खरको छाना भएका घरहरुलाई जस्तापातामा रुपान्तरण गरिनेछ ।अति विपन्न परिवारलाई जनता आवास कार्यक्रमसँग समन्वयन गरि आवासको व्यवस्था मिलाईनेछ ।
१.३.७ गाउँपालिकालाई वातावरणमैत्री गाउँपालिका निर्माण गर्नको लागि यस आ.व.भित्रमा नै एक घर दुई रुख तथा एक घर४ गमला अभियानको रुपमा संचालनको नीति अवलम्बन गरिनेछ ।
१.३.८ तयारीको चरणमा रहेका वृहत तथा आवधिक योजना,मध्यकालीन खर्च संरचना र गुरु योजनाहरुलाई सम्पन्न गरी शिघ्रताका साथ अगाडी बढाईनेछ ।
१.४ उर्जा
१.४.१ “घर घरमाउज्यालो हाम्रो शान, उज्यालो मािलका गाउँपालिका निर्माण हाम्रो अभियान”कार्यक्रम मार्फतगाउँपालिका भित्रका विद्युतको पहुच पुग्न बाँकी रहेका ४० प्रतिशत घरधुरीहरुमा स्टील पोल सहितको केन्दीय लाइनको पहँुचमा बृद्धि गरि२ बर्ष भित्रमैउज्यालोगाउँपालिका घोषणा गर्न प्रदेश सरकार र नेपाल प्राधिकरणसँग समन्वय गर्ने नीति अवलम्वन गरिनेछ ।
१.४.२“ हाम्रो मालिका ,उज्यालो गाउँपालिका” को नारालाई सार्थकता प्रदान गर्न बैकल्पिक उर्जाको रुपमा सौर्य उर्जा, शुन्य फोहोर मैलाको रुपमा वायो ग्यासको विकास गर्न नीजि क्षेत्र तथा गैसस सँग आवश्यक समन्वय गर्ने कार्यक्रम तय गरिनेछ ।
१.४.३ दरबाङ्ग बजारलाई सुरक्षित र उज्यालो बनाउन चालु आ.ब. भित्रै सि.सि. क्यामरा तथा सडक वत्ति जडान गरिसकीने छ तथा अन्य गाउँ क्षेत्रमा समेत सडक बत्ती जडान कार्यलाई विस्तार गरिनेछ ।
१.४.४ दाङ्गखोला,रितुङ्ग खोला,रुम खोला,खोप्ती खोला,दुखु खोला,शिबरात्री खोलाहरुबाट संभावित लघुजलविधुत उत्पादनका लागि सम्भाव्यता अध्ययन गरिनेछ ।
१.५ सूचना तथा सञ्चार
१.५.१ प्रत्येक वडा कार्यालयमा टेलिफोन सहित इमेल, इन्टरनेटको सहज व्यवस्थापन गरी कामलाई व्यवस्थित तथा छिटो गर्न दुर सञ्चारकार्यालयसँग आवश्यक समन्वय गरि कार्यान्वयन गरिनेछ ।
१.५.२ सवै सामुदायिक विद्यालयहरुमा इन्टरनेटको सुविधा आगामि वर्षमा विस्तार गरिनेछ ।
१.५.३गाउँपालिकाका सवै कार्यक्रमलाई गाउँपालिकाको ध्भद क्ष्तभमा प्रविष्टी गर्ने कार्यलाई थप व्यवस्थित तथा जवाफदेहितामा वृद्धि गरिनेछ ।
१.५.४ सुचना माग्ने र पाउने आम नागरिकको नैसर्गिक अधिकार भएकोले सोको प्रत्याभुति गर्न गाउँपालिकाले आफ्नो गतिविधिहरुलाई विभिन्न माध्यमबाट सहज र सर्वसुलभ रुपमा प्राप्त गर्न सक्ने तथा सार्वजनिकिकरण गर्ने व्यवस्था मिलाइ नियमित कार्यक्रमको रुपमा सञ्चालन गर्ने नीति अवलम्वन गरिनेछ ।
१.५.५ स्थानीय संचार माध्यम र पत्रकारीताका साथै सुचना तथा सञ्चार क्षेत्रको प्रर्वधन विकास गर्न आवश्यक कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
१.५.६ मोवाइल टेलीफोन नेटवर्कमा सुधार गर्न टेलीफोन टावर स्थापनाका लागि सेवा प्रदायकसँग समन्वय गरिनेछ ।
१.५.७ खोजमुलक र अनुसन्धानमुलक पत्रपत्रकारिता तथा सामुदायिक रेडियोहरुको भौतिक पुर्वाधार विकास तथा क्षमता विकासलाई प्रवद्र्धन गर्न विभिन्न कार्यक्रम संचालन गरिनेछ । विकास गतिविधिमा उत्कृष्ट कलम चलाउने गाउँ भित्रका प्रत्रकारहरु मध्येवाट १ जना र जिल्ला भित्रबाट १ जनालाई पत्रकारीता पुरस्कारले पुरस्कृत गर्ने नीति अवलम्वन गर्दै लगिनेछ । साथै सार्वजनिक सुनुवाइ तथा सामाजिक परिक्षण जस्ता कार्यक्रममा मिडियाको सहभागिताको सुनिश्चितालाई निरन्तरता दिइनेछ ।
१.५.९ सेवाग्राहीको कामलाई छिटो छरितो गर्नका लागि एप्सको प्रयोग गरिनेछ ।
१.५.१० छिमेकी गाउँपालिका धौलागिरी र मंगला गाउपालिकासंग समन्वय गरी सामुदायीक एफ एम संचालन गर्नका लागि पहल गरिनेछ ।
२ सामाजिक विकास नीतिः
२.१ शिक्षा
२.१.१प्रथम, दोश्रो, तेश्रो र चौथोगाउँसभाको निर्णयलाई निरन्तरता दिदै शैक्षिक क्षेत्रमा शुसासन कायम गर्न गाउँ क्षेत्रका सबै सामुदायिक विद्यालयहरुमा इन्टरनेट जडान गरीप्रोजेक्टर शिक्षालाई प्राथमिकता दिइ स्मार्ट स्कुल एप्ससंचालन गरिनेछ ।
२.१.२मालिकागाउँपालिकालाई शैक्षिक केन्द्र बनाई गाउँ क्षेत्र भित्रको समग्र शिक्षा प्रणालिलाई सबै सरोकारवालाहरुको सहयोगमा व्यवस्थित गर्न गाउँ शिक्षा योजनानिर्माण गरिनेछ ।
२.१.ं३गाउँ क्षेत्र भित्रका सवै सामुदायिक विद्यालयमा अध्ययनरत विपन्न दलित तथा जनजाति र जेहेन्दार विद्यार्थीहरु मध्येवाट कक्षा आठ र क्भ्भ्परिक्षामामा सर्वोत्कृष्ट अंक प्राप्त गर्ने १ जना छात्रा तथा १ जना छात्रलाई गाउँपालिका पुरस्कारले सम्मान गर्ने कार्य सुरु गरिनेछ ।
२.१.४“गाउँपालिका पुरस्कार कोषको स्थापना” गरि गाउँ भित्रका सवै विद्यालयवाट कक्षा १०+२ परिक्षामा सर्वोत्कृष्ट अंक प्राप्त गर्ने १ जना छात्रा तथा १ जना छात्रलाई पुरस्कारले पुरस्कृत गर्ने व्यवस्था मिलाइनेछ ।
२.१ं.५“हाम्रो साक्षर गाउँ,हाम्रो भविश्य निर्माण”कार्यक्रम मार्फत गाउँ क्षेत्र भित्रका सवै सामुदायिक विद्यालयमा अध्यनरत अपाङ्ग विद्यार्थीहरुलाई विष्ोश शैक्षिक सामाग्री प्रदान गर्र्ने कार्य सुरु गरिनेछ ।
२.१.६.माध्यमिक विद्यालय, आधारभुत विद्यालयमा प्राविधिक शिक्षा सञ्चालन गर्न पहिलो,दोश्रो र तेस्रोगाउँसभाले गरेको नीतिगत व्यवस्था अनुसार आवश्यक पहल गरिनेछ ।
२.१.७.गाउँक्षेत्रमा खेलकुदको विकास र प्रवद्र्धनका लागि शिक्षामा खेलकुद कार्यक्रम विभिन्न निकायसँग समन्वयात्मक रुपमासञ्चालन गरिनेछ ।
२.१.८ विद्यालय व्यवस्थापन समिति र गाउँ शिक्षा समिति, तथा विषयगत शिक्षकहरुको क्षमता विकासकालागि आवश्यक तालिमको पहिचान गरी सहयोग गर्ने व्यवस्था मिलाइनेछ ।
२.१.९कोभिड १९ ले शिक्षामा पारेको नकारात्मक असर र प्रभावका विषयमाविद्यार्थी र शिक्षक सम्वाद,शिक्षक र अभिभावक सम्वाद, गाउँपालिका र व्यवस्थापन समिति सम्वाद र सामाग्रीको व्यवस्थापन जस्ता विभिन्न कार्यक्रम संचालन गरिनेछ ।
२.१.१०गाउँ क्षेत्रका सबै माध्यमिक विद्यालयहरुमा छात्रा,छात्र सहायता कक्षा स्थापना गरी छात्रा,छात्रहरुको विद्यालय छोड्नु पर्ने अवस्थाको अन्त्य गरिनेछ ।
२.१.११ शैक्षिक वेरोजगारको अवस्थाको न्युनिकरण गर्न विद्यालय तथा विद्यालय बाहिर ब्यवसायिक शिक्षाको प्रबद्र्धनमा विषेश जोड दिईनेछ ।
२.१.१२ गाउँपालिकाको गौरबको रुपमा रहेको म्याग्दी जिल्लाकै पुरानो प्राविधिक शिक्षालय श्री कीसानी मा.बि.मा अध्यापन गराइने प्राविधिक बिषयहरु तथा त्यहाँ अध्ययन गर्ने विद्यार्थीहरुलाई उपलव्धहुने सुविधाको सम्बन्धमा जिल्ला भित्रका पालिकाहरुसंग समन्वय गरि प्राविधिक शिक्षामा भर्ना अभियान संचानल गरिनेछ । त्यहाँ अध्ययन गर्न चाहने मालिका गा.पा.भित्रका विपन्न र जेहन्दार छात्र छात्राहरुलाई५० प्रतिशत सम्म छात्रबृद्धिलाई निरन्तरता दिइनेछ । गाउँपालिका बाहिरबाट अध्ययन गर्न आउने विपन्न र जेहेन्दार विद्यार्थिको कोटा निर्धारण गरि छात्रबृद्धिको व्यवस्था मिलाइनेछ । उक्त विद्यालयलाई प्रविधि मैत्री बनाउन जोड दिइनेछ ।
२.१.१३ मालिका गाउँपालिकामा क्याम्पस स्थापना गर्नका लागि सम्बन्धित बिज्ञहरुसंग छलफल गरी आवश्यक प्रक्रीया अगाडी बढाइनेछ ।
२.१.१४ बाल बिकास केन्द्रहरुको स्तरउन्नति गर्न एक वाड एक नमुना बालविकास केन्द्र छनौट गरिनेछ ।
२.१.१५ सबै आधारभुत तह र मा.बि.तहमा पुस्तकालय,कम्प्यूटर ल्याब,बिज्ञान प्रयोगशालाको लागि कार्यक्रम कार्यान्वयन गरिनेछ ।
२.१.१६ मालिका गाउँपालिकाले अन्य संघ संस्थाहरुको साझेदारीमा कार्य गर्दा समपुरक कोषको प्रयोग गरी समन्वयात्मक रुपमा गर्ने निति अबलम्बन गरिनेछ ।
२.१.१७स्थानीय तह,नेपाल प्रहरी र समुदायको सहकार्य र साझेदारीमा सामुदायीक प्रहरी साझेदारी कार्यक्रम संचालनगर्ने निति अवलम्बन गरिनेछ ।
२.१.१८ प्रारम्भीक पठन पाठन सिपको योजनालाई अगाडी बडाउने कार्यक्रमलाईनीतिमा अबलम्बन गरिनेछ ।
२.१.१९“विद्यालय ल्याऔं र पढाइमा टिकाऔं”दुइ बर्षको अवधिमा विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालयमा भर्ना गरिने छ । विचमा विद्यालय छोड्ने दरलाई न्यून गरि विद्यालय उमेरका सवै बालबालिका विद्यालयमा हुने सुनिश्चित गरिनेछ ।
२.१.२० प्रारम्भिक बालविकास केन्द्र नभएका विद्यालयमा विद्यार्थी चाँपका आधारमा वालविकास केन्द्रको अनुमति दिइ सहजकर्ताको व्यवस्था र तालिमको व्यवस्था गरिनेछ ।
२.१.२१ शुन्य दरबन्दी भएका विद्यालयमा शिक्षण सहयोग अनुदान,शैक्षिक निरीक्षण,सुपरिवेक्षण,अनुगमन पद्धतीलाई नियमित र व्यवस्थीत गरिनेछ ।
२.१.२२बालसञ्जाल मार्फत,बालक्लव,जुरेश यूरेशलाई सिर्जनशील, जिम्मेवार र जवादेही बनाइने नीति लिइनेछ ।
२.१.२३ स्थानीय भाषाहरुमा पाठ्यक्रम निर्माण,शैक्षिक सामाग्री निर्माण एवम् प्रदर्शनीको व्यवस्थापन गर्न पहल गरिनेछ ।
२.१.२४ गाउँपालिका भित्र शिक्षा ऐन र कार्यविधि निर्माण गरी विद्यालयहरुमा एकरुपता ल्याउन पहल गरिनेछ ।
२.१.२५ छात्रा विद्याथीहरुले विद्यालय छाड्ने समस्यालाई न्यूनिकरण गर्नका लागि प्रत्येक विद्यालयमा स्यानेटरी प्याडको वितरण र दिवा सेवा खाजाको कार्यक्रमलाई व्यवस्थितगरि कार्यान्वयन गरिनेछ ।
२.१.२६ पुस्तकालय विहिनी विद्यालयमा पुस्तकालयको व्यवस्थापन र बाल उत्थान निर्माण गरी विद्यालयलाई बालमैत्री र वातावरण मैत्री बनाइनेछ ।
२.२ स्वास्थ्य
२.२.१ स्वास्थ्य तथा सरसफाइ कार्यक्रमलाई प्रभावकारी बनाइ आमा,बच्चा, किसोरी लगाएत सम्पूर्णको स्वास्थ्य तथा सरसफाइको माध्यमबाट मातृ तथा वालमृत्यूदरलाई कम गरिनेछ ।
२.२.२ वर्तमान कोरोना भाइरस को संक्रमण, जोखिम र कोरोना संक्रमण रोकथामको वारेमा प्रत्येक वडा र टोल वस्तिमा जनस्वास्थ्य विज्ञहरुद्वारा तालिम, गोष्ठी सेमिनार र सचेतना कार्यक्रम सञ्चालन गरिनेछ ।
२.२.३ कोरोना वाट प्रभावित विद्यार्थी,युवा, महिला तथा तमाम जनताहरुको मनोपरामर्शको लागि मनोपरामर्शदाताहरु नियुक्त गरि मनोपरामर्श सेवा उपलब्ध गराइनेछ ।
२.२.४ पोषणयुक्त खाना,व्यक्तिगत सरसफाई,सामाजिक दूरी, माक्सको प्रयोग र योगा,आयुर्वेदिक जस्ता बैकल्पीक उपचार विधिहरुको उपयुक्त प्रयोग गरी नागरिकहरुको रोग प्रतिरोधात्मक क्षमतामा बृद्धि ल्याउने कार्यक्रम संचालन गरिनेछ ।
२.२.५पहिलो, दोश्रो र तेश्रो गाउँ सभाले गरेको गाउँ क्षेत्र भित्र रहेका स्वास्थ्य संस्थाबाट २४ सै घण्टा प्रसुति सेवा प्रदान हुने व्यवस्था मिलाईनेछ भन्ने नीतिलाई यस आ.व.मा पनि निरन्तरता दिइनेछ भने प्रसुति गराउन अस्पताल लैजान एम्वुलेन्स सेवा र भिडीयो एक्सरेनिशुल्क प्रदान गरिनेछ ।
२.२.६“सुरक्षित गर्भ पतनको सेवा र प्रजनन् स्वास्थ्यको अधिकारको सम्मान हाम्रो अभियान”भन्ने नारालाई पछ्याउदै गर्भवति महिलालाई निशुल्क एम्बुलेन्स सेवाको भर पर्दो व्यवस्थापन गर्न स्वास्थ्य संस्था तथा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा, दरबाङ्ग उपशाखासँग आवश्यक समन्वय गरी गाउँबासिको सेवामा पहुँच पु¥याइ सुन्य होम प्रसुति सेवा दिने निति लिइनेछ ।
२.२.७प्रत्येक वडामा स्वास्थ्य चौकिको निर्माण गरी आवश्यक कर्मचारीको व्यवस्थापन,स्वास्थ्य तथा अन्य उपकरण, औषधि, खोपको वितरण समुचित रुपमा उपलब्ध गराइनेछ । दरवाङमा रहेकोप्राथमीक स्वास्थ्य केन्द्रलाई अस्पतालको रुपमा ५० सैया बनाई आधुनिक सुविधा सम्पन्न अस्पतालको रुपमा विकसित गर्नको लागि पूर्वाधार निर्माण र उपचारको दायरा बढाउनका लागि पहल गरिनेछ ।
२.२.८ स्वास्थ्य र सरसफाई सम्बन्धि जनचेतना अभिवृद्धि गरि ज्क्ष्ख्रब्क्ष्म्क्,लागु पदार्थ तथा दुव्र्यसनि नियन्त्रण गर्न संघिय सरकार, प्रादेशिक सरकार तथा विभिन्न संघ संस्थाहरुसँग सहयोग, समन्वय र साझेदारि गर्ने नीतिलाई निरन्तरता दिईनेछ ।
२.२.९ स्वच्छ पानी पिउन पाउने नागरिक अधिकारको सुनिश्चित गर्न समय समयमा पानिको शुद्धता परिक्षण गर्ने व्यवस्था गरिनेछ ।
२.२.१० नेपाल सरकारको स्वास्थ्य विमा कार्यक्रमलाई गाउँबासिहरुमा प्रचार प्रसार तथा प्रोत्साहन गरिनेछ ।
२.२.११ किसोर किसोरीहरुको लागी यौन शिक्षा तथा स्वास्थ्य सचेतना कार्यक्रमहरु संचालन गर्न आवश्यक व्यवस्था मिलाईने छ ।
२.२.१२स्वास्थ्य सेवाको माग पक्षलाई थप सवल बनाउन महिला स्वाथ्य स्वयम्सेविकाहरुको भूमिका बढाई उनीहरुको कार्यको उच्च कदरका साथमनोवल उच्च राख्न थप प्रोत्साहन गरिनेछ ।
२.२.१३ प्रजनन् स्वास्थ्य तथा स्वस्थ शिशु जन्माउन पाउने अधिकारलाई सुनिश्चित गर्न गर्भ परिक्षण चक्र र स्वास्थ्य केन्द्रमा मात्र प्रसुती गर्न गराउन थप प्रोत्साहन गरिनेछ ।
२.२.१४गाउँ क्षेत्रमा रहेको स्वास्थ्य चौकीको पहँुच भन्दा टाढा रहेका वस्तीहरुमासामूदायीक स्वास्थ्य ईकाई स्थापना गर्न पहल गरिनेछ ।
२.२.१५सवै वडाहरुमा पाँच बर्ष मुनीका बालबालिकाको बृद्धी विकास मापन महिनाको एकपटक महिला स्वयम् सेवकले सर्वेगरी मापन गर्ने र पोषणको अवस्था शुनिश्चीत गरीबालबालिकाको तथ्याङक निकाल्ने नीति लिइनेछ ।
२.२.१६ मालिका गाउँपालिका वडा नं ३ डाँडागाउँमा रहेको सामुदायीक स्वस्थ्य इकाइलाई स्वस्थ्य चौकीमा रुमान्तरण गर्न पहल गरिनेछ ।
२.२.१७हरेक स्वास्थ्य संस्थाबाट सुगर जाँच्ने, पीसाव जाच्ने,सामाग्रीहरुको व्यवस्थापन गरी नसर्ने रोगको बारेमा अभिमुखीकरण कार्यक्रम संचालनगरिनेछ । गाउँपालिका भित्रका गाउँघर क्लीनिकहरुबाट दिइने सेवा प्रवाहलाई अझ व्यवस्थीत गरिनेछ ।

२.२.१८गाउँपालिकाले एक एम्बुलेन्सको व्यवस्थापन गरी बर्थिङ सेन्टरमा सुरक्षित प्रसुति सेवा लिन आउने हरेक महिलालाई निशुल्क एम्वुलेन्स सेवा प्रदान गर्न थप प्रोत्साहन गराइनेछ ।
२.२.१९ वडाहरुमा रहेका स्वास्थ्य चौकीको नाममा कम्तीमा ३ रोपनी जग्गा खरीद भइसकेका स्वस्थ्य संस्थालाई नेपाल सरकारको मापदण्ड अनुसारको भवन निर्माण गर्न प्रदेश सरकारसँग माग गरिनेछ र जग्गा खरीद भइनसकेका स्वास्थ्य संस्थाहरुका लागि जग्गा खरिद गरिनेछ ।
२.२.२० अति विपन्न परिवारका व्यक्तिहरुको दिर्घ रोगहरु जस्तै मुट ुरोग,मृगौला पिडीत,क्यान्सर र मानसिक रोग आदि उपचारका लागि कार्यविधि अनुसार सहयोग उपलब्ध गराइने कार्यलाई निरन्तरता दिइनेछ ।

२.२.२१ मालिका गाउँपालिकाका व्यक्तिहरुको स्वास्थ्यलाई ध्यानमा राखि योग शिक्षालाई नियमित र व्यवस्थीत तरिकाले संचालन गरिनेछ ।
२.२.२२ सुनौला हजार दिनका आमाहरुका लागि पोषण युक्त खाना खानुपर्ने कुरालाइ प्रोत्साहन गरिनेछ ।
२.२.२३ कोभिड १९ महामारीको जनस्वास्थ्यसँग सम्बन्धित जोखिम कम गर्न स्वास्थ्य क्षेत्रको लगानीमा बृद्धि गरिनेछ । आवश्यकता अनुसार गुणस्तरयुक्त क्वारिन्टाईन केन्द्रहरु र आईसोलेसन केन्द्रहरु स्थापना गर्दै लगिनेछ । जोखिममा रहेका व्यक्तिहरुको पहिचान,पी.सि.आर विधिको जाँच र रोग संक्रमित व्यक्तिको उपचार कार्यमा गाउँपालिकाले सहयोग पु¥याउनेछ । संघ र प्रदेश सरकारसँग निरन्तर समन्वय गरी गाउँपालिकामा कोभिड १९ को जोखिम न्यूनीकरण गर्न उपयुक्त व्यवस्थापकीय प्रवन्ध मिलाईनेछ ।

२.२.२४ स्वास्थ्य क्षेत्र र कोरोना जोखिमसंग जुद्मने जिम्मेवारीमा रहेका सबै राष्ट्रसेवकहरुका लागि पी.पी.ई उपलव्धता, आवासीय सुविधा लगायत मनोवल बढाई वहाँहरुले पु¥याउनु भएको सेवामा प्रभावकारिता ल्याउन आवश्यक प्रवन्धनलाई सुदृढ बनाइनेछ । यस कार्यमा तत्काल सेवामा जुट्न सक्ने दक्ष जनशक्ति र स्वयम्सेवकहरुको आपूर्ति निजी र गैरसरकारी क्षेत्रहरुबाट पनी गरिनेछ ।

कोरोना नियन्त्रण र उपचारमा निजी क्षेत्रका स्वास्थ्य संस्थाहरुको प्रभावकारी उपयोग र उपचारात्मक स्वास्थ्य सेवा नीति अबलम्बन गरिनेछ ।

२.२.२५ नियमित खोप सेवा,नियमित स्वास्थ्य परीक्षण र उपचार सेवालाई रोकीन नदिन सजगता अपनाई प्रभावकारी उपायहरु अवलम्वन गरिनेछ । आवश्यक तथ्याङ्क संकलन गरी कोभिड १९ बाट प्रभावित आम नागरिक र खासगरी बालबालिका,गर्भवती महिला,किशोरीहरु बृद्धबृद्धा,दिर्धरोगी तथा अन्य जोखिममा रहेका व्यक्तिहरुका लागि मनोसामाजिक परामर्श सेवा कार्यक्रम संचालन गरिनेछ ।
२.२.२६ महिलाहरुको सुरक्षित प्रसुतिका लागि प्रसुति केन्द्रमा आवश्यक सामाग्रीहरुको व्यवस्थापनलाई विशेष प्राथमिकता दिइनेछ ।

२.२.२७हरेक स्वास्थ्य संस्थामाइलष्लिभ च्भउयचतष्लन को लागि यहि आ.व.माइन्टरनेटकोपहँुच पु¥याउने व्यवस्थापन गरिनेछ ।
२.२.२८ गाउँपालिकामा समस्याको रुपमा रहेको महिलाहरुको पाठेघरको क्यान्सर,आङ खस्ने समस्याको समयमानै पहिचान गर्नका लागि ख्क्ष्ब् रच्ष्लन उभककबचथजाँच जस्ता स्वास्थ्य शिविरहरु संञ्चालन गर्ने कार्यलाई प्राथमिकता दिइनेछ ।
२.३ खानेपानीतथा सरसफाई
२.३.१ मालिका गाउँपालिकामा खानेपानीको स्रोत संरक्षण तथा उपयुक्त पूर्वाधार विकास गरी खानेपानीको आपूर्तिलाई व्यवस्था गरिनेछ । सवै गाउँवासीहरुलाई भरपर्दो र शुद्ध र गुणस्तरीय खानेपानीको सेवाका लागि एक घर एक धारा घरभन्ने नारालाई प्रभावकारीवनाउँन गाउँपालिका क्षेत्रमा क्रियासिल सवै उपभोक्ता समितिहरुसँग समन्वय गरी खानेपानीको व्यवस्थापनमा निरन्तर सहयोग गर्ने नीति अवलम्वन गरिनेछ ।
२.३.२ शहरीकरण तर्फ उन्मुख क्षेत्रमा हुने सडकको फोहर व्यवस्थापनका लागि शहरीक्षेत्रमा हरेक टोलमा डस्टविनउपलब्ध गराइनेछ भने ग्रामिण क्षेत्रमा स्थानीय उत्पादन डोको डस्टविन कार्यक्रम सञ्चालन गर्न आवश्यक व्यवस्था मिलाउँदै लगिनेछ ।
२.३.३ खानेपानीको व्यवस्थापन गरि त्यसको मर्मत सम्भार कार्य समेत सुव्यवस्थित गर्नका लागि उपभोक्ता समिति मार्फत न्युनतम शुल्कको व्यवस्था गरी मर्मत सम्भार कोषको सञ्चालन गरी एक घर एक धारा कार्यक्रम मार्फत अनिवार्य मिटर प्रणालि जडान गर्ने कार्यलाई प्रोत्साहित गरिनेछ ।
२.३.४ स्वच्छ खानेपानीको उपलब्धता कम भएको वडाहरुलाई प्रथमिकतामा राखी हरेक घरमा स्वच्छ खानेपानी अभियान संचालन गरिनेछ ।
२.३.५ “स्वच्छ गाउँपालिका, सुन्दर गाउँपालिका”को नारालाई सफल पार्न गाउँ स्तरीय ढल निर्माण कार्यक्रमलाई प्राथमिकतामा राखिनेछ ।
२.३.४ गाउँपालिकाको केन्द्रमा रहेको दरबाङ्ग बजार,थापाचौर,फुलवारी,ढाडखर्क लगाएतका स्थानहरुको फोहोर व्यवस्थापनका लागि उचित स्थानको सम्भाव्यता अध्ययन गरि“जम्मा गरौं फोहोर, आम्दानी गरौं मोहोर“ नारालाई सफल बनाउनका लागि सरोकारवालाहरुको सल्लाह,सुझाव र सहकार्यमा फोहोर व्यवस्थापनको कार्यलाई अगाडी बढाइनेछ ।
२.३.५ यस गाउँपालिका भित्र रहेका बृहत खानेपानी योजनाहरुलाईसंघिय सरकार र प्रदेश सरकारसँग समन्वय गरि अगाडी बढाइनेछ ।
२.४ युवा, खेलकुदतथा संस्कृती
२.४.१“खेलकुद विकासमा समयदान, प्रत्येक वडामा खेलमैदान”, कार्यक्रम अन्तर्गत स्थानीय समुदायको सहभागितामा प्रत्येक वडामा १ वटा वडा स्तरिय खेलमैदान निर्माण गर्ने व्यवस्था मिलाइनेछ । १२० घरधुरी वसोवास गरिरहेको एक वस्तीहरुमा एक वस्ती एक खेलमैदान निर्माण गर्न पहल गरिनेछ ।
२.४.२मालिकागाउँपालिकाको ६ नं. वडाछ्यार छ्यारेमा रहेको खेल मैदानलाई पूर्वाधारयुक्त सुविधा सम्पन्न प्रदेश स्तरीय रंगशालाको रुपमा विकास गर्न गाउँपालिका तथा नेपाल सरकारको साझेदारिमा निर्माण सम्पन्न गर्न आगामी आ.व.मा पनी निरन्तरता दिइनेछ ।
२.४.३. गाउँ खेलकुद समिति मार्फत गाउँ खेलकुद योजना तर्जुमा गरी खेलाडी तालिम तथा उत्कृष्ट खेलाडीलाई पुरस्कृत गर्ने कार्यक्रम समेत समावेश गरिनेछ । राष्ट्रपती रनिङ शिल्डलाई आगामी बर्षमा पनी निरन्तरता दिइनेछ ।
२.४.४ सवै भाषा,धर्म,संस्कृती,परम्परा तथा रितिरिवाजलाई सम्मान गर्दै आवश्यकताका आधारमा साँस्कृतिक सम्पदाको अध्ययन तथा तथ्याङ्क संकलन गरी आर्थिक विकासमा टेवा पु¥याउन सक्ने सम्पुर्ण सम्पदा तथा संस्कृति झल्काउने स्थान समुदायको संरक्षण र व्यवस्थापन गर्न सहयोग गर्ने नीति अवलम्वन गर्दै लगिनेछ ।
२.४.५ स्थानिय मठ, मन्दिर, ताल देवालय, शिवालय, चर्च गुम्बा लगायतका विभिन्न धर्मका धार्मिक स्थलको विकास र संरक्षणको लागि सरोकारवाला स्थानियवासीसँग सहकार्य गरि अघि वढाउने नीति अवलम्वन गरिनेछ ।
२.४.६ राष्ट्रिय युवा नीति, युवा ऐन र युथ भिजन २०२५ ले गरेका परिकल्पनालाई सार्थक तुल्याउन आवश्यक नीति नियम तर्जुमा गरी कार्यान्यवन गरिनेछ ।
२.४.७“मालिकामा नै कमाउँ, मालिका मा नै रमाउँ” भन्ने नाराका साथ मालिकामा रहेका प्रत्येक युवाहरुलाई प्रत्येक वडामा आवश्यकता अनुसार युवा टोल विकास समिति गठन गरि युवाहरुको आय आर्जन, क्षमता विकास, गर्न उत्पादनसँग जोडीने छ । यसको लागि गाउँपालिकाले छुट्टै कार्यविधि वनाउने छ ।

२.४.८कोभिड १९ को कारण वैदेशिक रोजगारीवाट फर्किएका युवाहरुलाई युवा टोलविकास संस्थामा आवद्ध गराइ स्थानीय क्षेत्रमा नै रोजगारीको सृजना गराउन विशेष कार्यक्रम लागु गरिनेछ । युवा रोजगार उपभोक्ता समिति निर्माण गरी धेरै भन्दा धेरै युवा जनशक्तिलाई मालिका गाउँपालिका भित्र रोजगारीको अवसर सिर्जना गरिनेछ ।

२.४.९ छुवाछुत तथा भेदभाव विरुद्ध शुन्य सहनशिलताको नीति लिईनेछ । छुवाछुत तथा भेदभाव लगायत सवै प्रकारका सामाजिक कुरिती र कुसंस्कारको अन्त्य गर्ने तथा गाउँपालिकालाई वाल विवाह मुक्त र बालमैत्री स्थानीयतह बनाउन सवै सरोकारवाला निकायसँग समन्वय र सहकार्यमा सचेतनामूलक कार्यक्रम अभियानको रुपमा संचालन गरिनेछ ।

२.४.१० गाउँपालिका भित्र रहेका कलिला बालबालिका तथा युवा युवतीहरुलाई समृद्धिको अभियानमा सहभागी बनाउन तथा कुलतबाट टाढै राख्न,दुर्वेसनिलाई न्यूनीकरण गर्न र यसबाट बचाउन सुरक्षा निकायको संलग्नतामा हेलो गाउँपालिका कार्यक्रम संचालन गरिनेछ ।

२.४.११साहित्य तथा कला क्षेत्रको विकास गर्न आवश्यक कार्यक्रम तयार गरी कार्यन्वयन गरिनेछ ।
२.४.१२ लोपहुदै गएको आदिवासी जनजातिहरुको परम्परागत भेषभूषा, भाषा सस्कृति,सम्पदाको संरक्षण र प्रवर्धन गर्नका लागि आवश्यक नीति अवलम्बन गरिनेछ ।

२.५ लैङ्गीक समानता तथा सामाजिक समावेशिकरण
२.५.१ समुन्नत समाजको निर्माण तथा समाजमा देखिने सवै खाले हिंसाका घटनाहरुलाई न्युनिकरण गर्न पाइलोटकार्यक्रम गरी गाउँक्षेत्रका महिलाहरुका लागि चेतनामूलक कार्यक्रम सञ्चालन गर्नुका साथै महिलाहरुका क्षमता विकास सचेतनामुलक, तथा आयआर्जनमुलक कार्यक्रम सञ्चालन गरिनेछ ।

२.५.२ आर्थिक तथा सामाजिक रुपमा पछाडि परेका महिला÷एकल महिला,दलित,अपाङ्ग,जनजाती,वालवालिका,जेष्ठ नागरिक कार्यक्रम शसक्तिकरणमा ध्यान दिदै आयआर्जन सिपमूलक विभिन्न कला सास्कृर्ति झल्कीने कार्यक्रम सञ्चालन गरिनेछ ।

२.५.३ यस गाउँ क्षेत्रका महिला उद्यमिहरुलाई सफल उद्यमि बन्ने वातावरणका लागि गाउँपालिकाले विशेष कार्यक्रम सञ्चालन गर्नेछ सो सफल बनाउन विभिन्न निकायसंग हातेमालो गरिनेछ ।

२.५.४विपन्न परिवार आवास कार्यक्रम मार्फत जग्गा विहिन गाउँबासिहरुको ब्यवस्थीत बसोवासको लागी एकिकृत बस्ती निर्माणको थालनी गरिनेछ साथै घरवास नभएका अति विपन्न घर परिवारलाई घरवासको व्यवस्था गरिनेछ । त्यसको लागि जग्गा छनौट गरि त्यसको डिपिआर बनाइ कार्यक्रम सञ्चालन गरिनेछ ।

२.५.५जेष्ठ नागरीक अनुभवका खानी तथा सदैव श्रद्धाका धरोहर हुने भएकोले उहाँहरुको सम्मानमा सुविधाजनक जेष्ठ नागरिक विश्राम स्थल निर्माण भैरहेका छन। यसलाई आवश्यकताका आधारमा थप विस्तार गरिनेछ । विश्राम स्थलमा सबै उमेर समुहका व्यक्तिहरु महिनामा कम्तिमा एक पटक जम्मा भई अन्तरपुस्ता अनुभव तथा सिकाई साटासाटको वातावरण निर्माण गर्न कार्यक्रम संचालन गरिनेछ ।
२.५.६ बालबालिका लक्षित कार्यक्रम छनौट गर्दा उनिहरुकै मागमा आधारित योजनाहरु छनौट गरिने छन् । यी कार्यक्रमहरु बालबालिकाहरुले नै अधिकतम लाभ पाउने गरी रचनात्मक तथा मनोरन्जनात्मक क्षेत्रमा कार्यान्वयन गरिनेछ ।
२.५.७ गाउँपालिकामा संचालन हुने आयोजनाहरुमा वेरोजगार र सूचिकृत भएका व्यक्तिलाई प्राथमिकता दिइनेछ ।
२.५.८ समाजमा बिद्यमान बालविवहा,बहुविवहा,अनमेल विवहालाई निरुत्साहित गर्ने र नियम विपरित कार्य गर्नेलाई कानुनी कारवाहिका साथै सेवा सुविधामा प्रतिवन्धित गर्ने नीति तय गरिनेछ । अन्धविश्वास,छुवाछुत,बोक्सीप्रथा,महिला हिँसा,घरेलु हिँसा,लगाएतका बिभिन्न कुरीति विरुद्ध जागरण अभियानलाई निरन्तरा दिदै लगिनेछ ।
२.५.९मालिका गाउपालिका क्षेत्र भित्र मदिरा जन्य पदार्थलाई नियमन गर्दै लगिनेछ ।
२.५.१० अपाङ्ग व्यक्तिहरुका लागि विशेष कार्यक्रम संचालन गरिनेछ । अव निर्माण हुने संरचनाहरु अपाङ्ग मैत्री बनाउनु पर्ने नीति अबलम्बन गरिनेछ ।

३ आर्थिक विकास
३.१ कृषि तथा पशु पंन्छीपालन
३.१.१ कृषि उत्पादन र उत्पादकत्व अभिवृद्धि, व्यावसायिकरण र आधुनिकिकरण गर्न सिंचाई महत्पूर्ण माध्यम भएकोले कृषि सिंचाई योजनाहरु संचालन र सिचाई सुविधा नपुगेका खेतियोग्य जमिनमा सिंचाई सुविधा पु¥याउन सिंचाई सम्बन्धी योजना संचालनका लागि प्राथमिकता दिदै संघिय सरकार र प्रदेश सरकारसँग समन्वयमा जोड दिईनेछ ।

३.१.२ “वाँझो जग्गाको उपयोग गरौं, हाम्रो भविश्य यहिँ निर्माण गरौं”भन्ने नारका साथ मालिका गाउँपालिकामा रहेका उर्वर सम्पूर्ण जग्गाहरुलाई खेर जान नदिइ व्यवसायिक खेतिको लागि समुचित सदुपयोगमा ल्याउनको लागि भुमि वैंक स्थापना गरिनेछ । यसको लागि संघिय सरकार तथा प्रदेश सरकार सँग समन्वय गरि उपयुक्त नीति तर्जुमा गरि कार्यान्वयनमा ल्याइनेछ ।

३.१.३ वैदेशिक रोजगारवाट फर्किएका युवा युवति तथा यहि स्थानीय स्तरमा रहेका युवाहरुले कृषिमा आधारित व्यवसाय गरि रोजगारी सिर्जना तथा स्वरोजगार सिर्जना गर्ने गरि व्यवसायिक रुपमा लगानी गर्ने युवाहरुलाई विशेष कार्यक्रम तय गरि प्रोत्साहित गरिनेछ ।

३.१.४ एक गाउँ एक उत्पादन मार्फत आर्थिक उपार्जन तथा रोजगारी सृजना गर्न आवश्यक सहयोग तथा समन्वय गर्ने नीति अवलम्वन गरिनेछ । प्राविधिक सिप विकास तालिम उपलब्ध गराई एक गांउँ एक उत्पादन कार्यक्रम संचालन गरी दुइ बर्ष भित्रमा प्रत्येक घरमा कम्तीमा एक घर एक रोजगार श्रृजनागरिनेछ ।

३.१.५ खालि रहेका वाँझो जग्गाहरुलाई प्रयोगमा ल्याइ उत्पादन वृद्धिका लागि कृषि तथा पशुपालन समुहलाई निश्चित अवधिका लागि लिजमा दिने नीतिलाई अवलम्वन गर्न आवश्यक नीतिहरु तर्जूमा गरिनेछ । दुध, फलफुल,आलु र मासु,तरकारी,नगदेवाली आत्मनिर्भर बनाई निकासी प्रबद्र्धनमा जोड दिईनेछ ।

३.१.६ पुराना कृषी÷पशुका पकेट क्षेत्रहरुलाई निरन्तरता दिदै नयाँ पकेट क्षेत्रको विकास तथा विस्तार गरिनेछ । कृर्षकको खेतवारीमानै माटो परिक्षण गरी हीउदे,बर्षे फलफुल, बेमौसमी तरकारी खेती र जैविक तरकारी खेती गर्न जोडदिइनेछ ।

३.१.७ आधुनिक प्रविधियुक्त कृषि,पशुपंछी,माछा,मौरी पालन लगाएत कार्यक्रमलाई प्रोत्साहित गर्दै कृषि उपजमा किटनाशक औषधि र रासायनिक मलको प्रयोगलाई निरुत्साहित गर्दै जैविक मलको प्रयोग गरी अर्गानिक उत्पादनमा जोड तथा उन्नत विउ विजनको प्रयोग गर्ने नीति अवलम्वन गरिनेछ ।
३.१.८ मालिका गाउँपालिकाका सम्भावित कृषी तथा पशुपालन क्षेत्रको आधुनिकिकरण सहित प्रविधियुक्त बनाई कृषी पर्यटन केन्द्रको रुपमा विकसित गरिनेछ ।
३.१.९ स्वच्छ तथा सफा मासु उपभोगको लागी बजार क्षेत्रमा ब्यवस्थीत पशु बधस्थल निर्माण गरिनेछ ।
३.१.१० उत्कृष्ट कृषि तथा पशुपालक कृषकलाई प्रोत्साहन गर्न पुरष्कृत गर्ने व्यवस्था गरिनेछ ।
३.१.११ कृषी तथा पशुपालन ब्यवसायलाई युवा स्वरोजगार उन्मुख बनाउन प्रेरित गरिनेछ ।
३.१.१२ अधिभारा ,ढाडखर्क र फुलवारी,दुखु बेसी,विम लुर्वाङ विम गाउँ, चिउरीवोट बेसीमा अर्गानिक टमाटर टनेलखेती पकेट क्षेत्र र दरबाङ तोलबाङ,लामेला,गोगनपानी,नराले,रिठेचौर,बासबोट र चिउरीवोटमा केरा खेती र डाँडागाउमा लसुन,औल ओखरबोटको महभिरलाई तरुल खेती, दुखु बेसीमा तरकारी खेती,निस्कोट,ओखरबोट,देविस्थान र विममा सुन्तला खेती, दिच्याममा कीवी, सुन्तला, कागती, टिमुर खेती,देवीस्थान,रुम २,५ सतुवा,केराखेती,निस्कोट,ओखरबोटमा टीमुर र सतुवा,यभोकाडो खेती र उपल्लो दुखुमा सिमी, भट्टमास र एभोकाडो खेती गर्नमा प्रोत्साहन गरिनेछ ।
३.१.१३ स्वच्छ तथा ताजा माछा–मासु दुग्धजन्य पदार्थ, फलफूल,जडीबुटी,अदुवा,मह,च्याउ जस्ता वस्तु नगदे बालीको उत्पादन, संरक्षण र उत्पादकत्व बृद्धिमा जोड दिइनेछ ।
३.१.१४ एक घर एक करेसाबारीको अवधारणा कार्यक्रम संचालन गरी विउ,औजार,प्राविधिक सहयोग गरिनेछ ।
३.१.१५कृर्षकहरुले उत्पादन गरेका उत्पादक तत्वहरुको व्यवस्थीत संकलन तथा भण्डारण,बजारिकरण, कोलस्टोर केन्द्र स्थापना गरि निर्वाहमूखि परम्परागत खेती प्रणालीमा परिवर्तन र आधुनिकीकरण ल्याइ आत्मनिर्भर बन्न प्रोत्शाहन गरिनेछ ।
३.१.१६ कृषि उद्यमलाई प्रोत्साहन गर्न कृषि उद्यमिहरु र पशुपालक कृषकहरुको बाली बिमा र पशु विमा गराउन सहयोग गरिनेछ ।
३.१.१७ कृषि वीउ वितरण तथा खाद्य समस्या समेतलाई मध्यनजर गरेर मालिका गाउँपालिकामा फुड वैंकको स्थापना गरि यसको लागि कार्यविधि समेत तयार गरेर सञ्चालन गरिनेछ ।
३.१.१८ मालिका गाउँपालिकाको कृषि विकास रणनैतिक गुरु योजना तयार गरि एकल, सामूहिक र संस्थागत कृषि कार्यक्रमलाई प्राथमिकता दिई कृषि अनुदानको व्यवस्था मिलाइनेछ ।
३.१.१९ प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत विपन्न श्रमीकको दैनिक ज्यालादारीमा गरीने कार्यक्रमलाई व्यवसायीक कृषि र पशुपालनसँग आवद्ध गरी आयआर्जनसँग जोडदिने नीती ल्याइनेछ ।
३.२ उद्योग, वाणिज्य तथा लधुउद्यम प्रवर्धन
३.२.१गाउँक्षेत्र भित्रका गाउँ गाउँमा आर्थिक विकासका लागि उत्पादनमुलक लघु उद्यम कार्यक्रम तथा एक घर एक उत्पादन विधि संचालन गरिनेछ । युवा तथा महिलाहरुलाई उद्यमशिल बनाउनका लागि विभिन्न संघसंस्थासंघ सहकार्य समेत गर्न सकिनेछ ।

३.२.२“उद्यम गरौ उद्यमशिल संस्कारको विकास गरौ” भन्ने नारालाई पछ्याउदै घरेलु तथा साना उद्योगको प्रवद्र्धनको लागी स्थानीय स्तरमा उपलब्ध स्रोत तथा साधनको प्रयोगमा जोड दिदै लघु उद्यम विकास कार्यक्रम अन्तर्गत उद्यमी सृजना र प्रवद्र्धनमा ढाका,अल्लो,लोक्ता,झोला उत्पादनलाई यसगाउँपालिकाको मुख्य पहिचानको रुपमा स्थानिय उत्पादनलाई प्रवद्र्धनका लागि प्राथामिकता दिईनेछ
३.२.३ स्थानीय कृषि प्रसोधन तथा गैरकाष्ठ वन पैदावर जन्य उद्योगहरुको पहिचान गरि कार्यान्वयन गर्न आवश्यक पहल गरिनेछ।

३.२.४ सञ्चालित साना तथा घरेलु उधोगहरुलाई अनिवार्य गाउँपालिकामा दर्ता गर्ने तथा दर्ता नगर्ने उधमीहरुलाई गाउँपालिकावाट प्रदान गर्ने सेवामा रोक लगाउने नीति अवलम्वन गरिनेछ ।
३.२.५ मालिका गाउँपालिकाबाट तयार भएको लघुउद्यम रणनैतिक गुरुयोजनाको प्रभावकारी कार्यान्वयनमा विषेश जोड दिइनेछ ।

३.२.६ गाउँपालिका अन्तर्गत ओखरबोटको तामाखानी,रुमको ढुंगाखानी,भालसदुलाको सिशाखानी जस्ता खनिज पदार्थ तथा बहुमूल्य धातु अन्वेषण,अध्ययन तथा सर्वेक्षण गरि उत्खनन् गर्न प्रदेश र संघिय सरकारसंग आवश्यक पहल गरिने छ । उक्त खानीहरुलाई करको दायरामा लिइनेछ ।

३.२.७ राष्ट्रिय युवा परिषद अन्तर्गतका सार्बजनिक शिक्षा सवलिकरण कार्यक्रम, युवा सिप तथा उद्यमशिलता विकास कार्यक्रम, युवा क्लव र युवा संसद् संचालन कार्यक्रम, युवा प्रतिभा पहिचाहन गरी स्थानीय स्रोत साधनबाट संचालन हुने तथा स्थानीयलाई रोजगार दिने उद्यम व्यवसायीलाई प्रवर्धन गर्न बैक तथा बित्तिय संस्थाहरुलाई परियोजना ऋण सौलियत दरमा उपलव्ध गराउन सहजिकरण र समन्वय गरिनेछ । आवश्यक कार्यविधि बनाइ उत्कृष्ठ फर्महरुलाई लगानीको अनुपातमा अनुदान दिइनेछ ।

३.२.८ कोभिड १९ का कारण बैदेशिक रोजगारीका अवसरको कटौतीका कारण स्वदेश फर्कने मालिका गाउँवासीहरुको संख्या बढ्न गई आय घट्न सक्ने सम्भावनालाई ध्यानमा राखि सो को कारण पर्न सक्ने नकारात्मक असर घटाउन“युवा स्वरोजगार तथा उद्यम विकास” भन्ने भनाइलाई पुरा गर्न यस गाउँपालिका भित्र उत्पादन बृद्धिका नयाँ अवसरहरु सृजना गरिनेछ । आत्म निर्भर वनाउनका लागि स्वदेशी श्रम,सीप,र प्रविधिको अधिकतम प्रयोग गरी साना तथा घरेलु उद्यम प्रवर्धन गरी कृषि क्षेत्रको उत्पादन,उत्पादकत्व र रोजगारी बृद्धि गर्नबैँक तथा वित्तिय संस्थाहरुको सहकार्यमा व्यवसाय गर्न चाहनेहरुलाई सस्तो व्याजदरमा कर्जा उपलव्ध गराउने नीति अवलम्वन गरिनेछ ।
३.२.९ युवाहरुको सीप र प्राविधिक ज्ञानलाई गाउँपालिकाको विकासमा लगाई युवा रोजगारीको लागि स्थानीय प्ररम्परागत उद्योग,प्रविधिको प्रयोग,गुणस्तर सुधार,उत्पादन बृद्धिमा अनुदान प्राविधिक सहयोग उपलब्ध गराइनेछ । बैदेशिक रोजगारीबाट फर्कीएका युवाहरुको सीपलाई प्रयोग गर्न गाउँपालिकामा स्वरोजगार कार्यक्रम संचालन गरिने नीति लिइनेछ ।
३.२.१० “स्वदेशी श्रम,स्वदेशमै पसिना” को नीतिअनुरुप कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व बृद्धिका कार्यक्रम अघि बढाइनेछ । कृषि प्राविधिक सेवा तथा उत्पादन सामाग्रीहरुको उपलब्धता सुनिश्चितता गरिनेछ । हाल कृषि सामाग्रीमा अनुदान दिने प्रक्रियालाई विश्वसनीय र प्रभावकारी बनाउदै उद्यमीहरुलाई व्याज अनुदानको नीति अवलम्बन गरी कृषिमा सुलभ कर्जा उपलब्ध गराइनेछ ।
३.२.११ लद्युउद्यम विकास मोडलमा नयाँ उद्यमीहरु निर्माण गर्ने नीति लिइनेछ ।
३.२.१२ गाउँपालिकामा रहेका सम्पूर्ण ढुंगा,तामा खानी,एवं अन्य खानीहरुको संरक्षण गरि रोजगारी सृजना गर्न खनिज उद्योग प्रवर्धन र प्रशोधन उद्योगको नीति अवलम्बन गरिनेछ ।
३.२.१३ मालिका गा.पा.भन्दा अन्य स्थानिय तह जिल्लामा हुने मेला महोत्शव प्रर्दशनी केन्द्रमा सहभागी हुदा स्टल तथा सेवामा अनुदान व्यवस्था मिलाइनेछ ।
३.२.१४ स्थानिय स्तरमा उत्पादन भएका कृषि,वनपैदावार,वस्तुलाई विक्रि वितरण,प्रचार प्रशार र प्रयोगमा जोड दिइनेछ ।

३.३ सहकारी
३.३.१ नियम विपरित सञ्चालित सहकारीहरुलाई नियम संगत संचालन गर्न लगाई सहकारीनियमन गरिनेछ र कार्यसम्पादन तथा मुल्यांकनमा उत्कृष्ट एक सहकारीलाई प्रत्येक बर्षपुरष्कृत गरिनेछ ।
३.३.२ गाउँपालिका भित्रका सञ्चालित सहकारीहरुको सेवा प्रवाहमा विषयगत अनुगमन गरिनेछ ।
३.३.३ सहकारी व्यवस्थापक तथा कार्यरत जनशक्तिको क्षमता विकासकालागि आवश्यक सहयोग गरिनेछ ।
३.३.४ सहकारी ऐनमा भएका प्रावधानहरुलाई पूर्ण रुपमा पालन गर्न सहकारी शिक्षालाई टोल टोल सम्म पु¥याउने व्यवस्था मिलाइनेछ ।
३.३.५ मालिका गाउँपालिकाकाप्रत्येक वडाहरुमा कृषिसँग सम्बन्धीत सहकारीहरुलाई वित्तीय साक्षरता शिक्षा संचालन गरिनेछ र उनीहरुले उत्पादन गरेका बस्तुहरु संकलन तथा अनदानमा विशेष जोडदिइनेछ ।
३.३.४ एक वाड एक सहकारी एक घर एक शेयर, को नीति ल्याइनेछ ।
३.४ पर्यटन
३.४.१गाउँपालिका क्षेत्र भित्र रहेको मालिका मन्दिरको पूर्वाधाहरुको निर्माण,पदमार्ग निर्माण,पदमार्गको दाँया बाँया देवि देवताको मूर्ति र घण्टहरु राखि पर्यटकहरुको आकर्षण बढाउने कार्यलाई प्रोत्साहित गरिनेछ । भने प्रत्येक वडामा एक मनोरञ्जानात्मक पाकर्, वालउद्यान निर्माण गरि पर्यटन व्यवसायलाई विस्तार गर्ने नीति अवलम्वन गरिनेछ ।

३.४.२ विभिन्न गाउँ स्तरिय पार्क निर्माण गर्न प्रदेश सरकार तथा संघिय सरकार समक्ष अनुरोध गदै साझेदारिमा कार्यक्रम सञ्चालन गर्ने नीति अवलम्वन गरिनेछ ।
३.४.३ पर्यटक आगमनको अभिलेख व्यवस्थापन गर्ने कार्य आगामी आ.व. देखि सुरुवात गरिने छ साथै पर्यटन गुरुयोजनामा उल्लेखित मुख्य मुख्य कुराहरु तथा पर्यटकिय स्थानको पहिचान खुल्ने गरी व्रुसर तयार गरिनेछ ।

३.४.४“पर्यटनको पुर्वाधार विकास समृद्धिको आधार” को नारालाई सार्थक वनाउँन गाउँको पर्यटन विकास र संस्कृति प्रवद्र्धनका लागि भ्यु–टावर निर्माण, बहुजातीय संग्राहलय भवन निर्माणको कार्यलाई निरन्तरता प्रदान गरिनेछ ।

३.४.५ दुरलेक,बराह ताल, बराही ताल मालिका धुरी,भाले बास्ने ताल,गाइखर्क ताल,देउती भिर गुफा,सोलेडाडालगाएतका पर्यटकीय स्थलहरुको सम्भाव्यता अध्ययन गरी आन्तरिक तथा बाह्य पर्यटकहरुको प्रवर्धनको लागि जैविक विविधता तथा विशेष सांस्कृतिक संग्रहालय,होमस्टे,हिल स्टेशन आदिको सम्भाव्यता अध्ययन गरी बिकास गर्दै लगिनेछ ।उक्त स्थानसम्म पदमार्ग, सडकको पहुँचमा जोड दिइनेछ ।

३.४.६ मालिका गाउँपालिका क्षेत्र भित्र हनी हन्टीङको माध्यम अवलम्बन गरि बाह्य वा आन्तरिक पर्यटकहरुको बृद्धि गर्न पहल गरिनेछ ।

३.४.७.पर्यटनमा सुचना तथा प्रविधिको उच्चतम प्रयोग गरि इन्टरनेटको माध्यमबाट सूचना प्रयाप्त हुने व्यवस्था मिलाइनेछ साथै सूचना केन्द्रको स्थापन गरिनेछ ।

३.४.८ जेष्ठ नागरिक दिवासेवा कार्यक्रम अन्र्तगत पुरातात्विक महत्व राख्ने खालका ढिकी, जाँतो,कोल लगाएतका संग्रालय निर्माणमा जोड दिइने छ । “ जाउँ जाउँ एक पटक मालिका घुमेर रमाऔं”पर्यटनको मूल नारालाई आत्मासात गर्दै दरबाङ्गको छ्यार छ्यारेमा मनोरञ्जन स्थल चिडियाखाना,स्वीमिङ पुल निर्माणलाई विषेश जोड दिइनेछ ।

३.४.९ बाह्रय र आन्तरिक पर्यटनहरुको मनोरञ्जन र पर्यटकीय क्षेत्रको विकास र प्रवर्धनका लागि मालिका गा.पा.५ देविस्थानमा अवस्थित हक्लान डाँडाको सम्भाव्यता अध्ययन र लागत स्टीमेट तयार गरि शान्तिको प्रतिकको रुपमा मानिदै आएको गौतम बुद्घको ठूलो मूर्ति स्थापना गरिनेछ भने मालिकाको गहनाका रुपमा रहेका दुरुलेक,देउताभिर जस्ता प्रख्यात धार्मिक एवं पर्यटकीय भ्यूटावरहरुमा शिल्पा कलाको प्रयोग गरि बिभिन्न देवि देवताको मूर्तिहरुको निर्माण र विश्राम स्तथलको व्यवस्थापन गरिनेछ ।
३.४.१० मालिका मन्दिर लगाएत सम्भावित क्षेत्रहरुमा पर्यटन प्रवर्धनका लागि सामुदायीक लज,होटल,व्यवसाय सञ्चालन गर्न चाहने व्यवसायीहरुलाई सार्वजनिक जग्गा लिजमा उपल्ब्ध गराउने नीति अवलम्बन गरिनेछ ।
४. वन, वातावरण तथा विपद व्यवस्थापन
४.१ वन तथा भुसंरक्षण
४.१.१ गाउँपालिकामा रहेका सवै सामुदायिक वनहरुमा वन जगेर्ना तथा घास जडिवुटी जन्य प्रजातीका वृक्षारोपण कार्यक्रम संचालन गरिनेछ ।बन विनासलाई न्यूनिकरणका लागि बृहत नर्सरी स्थापना गर्ने,विक्षारोपण गर्ने,वन संरक्षण गर्ने,कार्यक्रम बनाई सम्बन्धित निकायको साझेदारीमा अनुदानको व्यवस्था गरिनेछ ।
४.१.२ सामुदायिक वन उपभोक्ता समितिको साझेदारीमा ठुला वनहरुको भ्क्ष्ब् कार्य गर्न आवश्यक पहल गरिनेछ ।
४.१.३ स्थानीय समूदायको सहयोगमा गाउँपालिकाको विभिन्न स्थानको सडक कीनारमा अम्रीसो र बास का विरुवा रोपी हरीयाली प्रवर्धन गरिनेछ । वढि भूक्षय हुने स्थानको पहिचान गरी सो क्षेत्रमा भुुंसरक्षण गर्ने खालका कार्यक्रमहरु संचालन गर्ने व्यवस्था मिलाइनेछ ।
४.१.४ आवश्यक नीतिगत र कानुनी व्यवस्था गरी निर्माण सामाग्री तथा नदी कटान र वातावरण प्रतिकुल प्रभाव नपर्ने गरी नदीजन्य निर्माण सामाग्रीको सहज आपूर्ति हुने व्यवस्था मिलाइनेछ ।
४.१.५ बनजन्य उद्योग स्थापना र प्रवर्धन कार्यक्रमलाई प्रोत्शाहन गर्ने सवै सरकारी निकायहरुमा स्वदेशी बस्तुको प्रयोगबाट निर्मित उत्पादन जस्तै फर्निचर,लोक्ता,अल्लोबाट उत्पादीत बस्तु प्रयोग गर्ने नीति लिइनेछ।
४.१.६बनलाई कृषिसँग आवद्ध गर्दै प्रत्येक वडाको नमुना कृषि वन विकास कार्यक्रम संचालन गरिनेछ ।
४.२ जलाधार संरक्षण
४.२.१ साविक निस्कोट,रुम,डाँडागाउँ,ओखरबोट,देविस्थान,बिम,दिच्याम,दरबाङलाई विषेश प्राथमिकता क्षेत्र तोकि यस क्षेत्रमा रहेका जलाधारका श्रोतहरुकोसंरक्षण गदै लैजाने कार्यक्रम तय गरिनेछ ।
४.२.२ जलाधार क्षेत्रको संरक्षणमा जोडदिन पुर्वाधार विकासका कार्यक्रम संचालन गर्दा अनिवार्य रुपमा पानी माथि प्रभाव पर्ने नपर्ने अवस्थालाई अध्ययन गरेर मात्र कार्यक्रम कार्यान्वयन गर्ने परिपाटीको विकास गरिनेछ।
४.३ जलवायु परिवर्तन
४.३.१ यस गाउँपालिकामा रहेका सम्बेदनसिल जलाधार क्षेत्रको पहिचान गरिनेछ । जलवायु परिवर्तन अनुकुलनका कार्यक्रमसँगै जलाधारको संरक्षणका लागि विशेष कार्यक्रम संचालन गरी त्यस्ता स्थानहरुलाई प्रयावरणको क्षेत्रको रुपमा विकास गरिनेछ । जलवायु परिवर्ततमा असर पर्ने गरि कुनै पनि कार्यक्रम गतिविधि निर्माण कार्य संचालन गर्न स्वीकृत र लगानी गरिने छैन ।
४.३.२ प्रालाष्टीकजन्य पदार्थको उपयोगलाई निरुत्साहित गर्दै वातावणिय प्रदुषण कमहुने वस्तुहरुको उत्पादन तथा प्रयोग गर्न पे्ररित गरिनेछ ।
४.३.३ जलवायु परिवर्तनले पार्ने असरको वारेमा जानकारीमुलक सचेतना कार्यक्रम सरोकारवाला निकाय, गैसस तथा अन्य विकास साझेदार संस्थाको सहकार्यमा गर्ने नीति अवलम्वन गरिनेछ ।
४.३.३ व्यक्तिगत, सामूदायीक सरकारी वन जंगल संरक्षण गर्न पहल गरिनेछ । वन पैदवार वस्तु चोरी निकासी,दुरुपयोगमा नियन्त्रण गरिनेछ ।

४.४ विपद व्यवस्थापन
४.४.१ विपद् व्यवस्थापनका लागि यस गाउँपालिको स्थानीय विपद व्यवस्थापन तथा प्रतिकार्य योजना यहि आ.व.मा निर्माण गरि लागु गरिनेछ ।
४.४.२ मालिका गाउँपालिका क्षेत्रमा रहेको दरबाङ्ग बजार संरक्षण,गगनपानी, छिस,घोर्सीथापाचौर फेदी, फुलवारी,अधिभारा,घोर्सी,सावटा र खोप्टी बस्ती संरक्षण गर्न संघिय सरकार र प्रदेश सरकार सहकार्य गरिनेछ ।
४.४.३महामारी,बाढी पहिरो आगलागी जस्ता प्राकृतिक प्रकोपबाट प्रभावीतलाई तत्काल राहत औषधोपचार,खानपान लत्ताकपडा उपलब्ध गराउनको लागि तयारी गरिनेछ । विपद् व्यवस्थापन कोषको बृद्धिको लागि सार्वजनिक निजि र गैरसरकारी संस्थाहरुसँग समन्वय गरिनेछ ।
४.४.४ विपद व्यवसथापनका पुर्व तयारी कार्य जस्तै विपद् कोषको स्थापना, प्राथमिक उपचार टोली, खोज तथा उद्दारकार्य समुह आदिको निर्मार्ण गर्न,सरोकारवाला निकाय जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी,सशत्र प्रहरी बल,नेपाली सेना नेपाल रेडक्रस सोसाईटीसँगको सहकार्यमा गरिनेछ ।
४.४.५ पुर्व सूचना प्रणालिको विकासका लागि स्थान तथा सहयोगी निकायको खोजि गरिनेछ ।
४.४.६ विपद्को अवस्थामा तत्काल उद्धार तथा सुरक्षित वासस्थानको पहिचान र व्यवस्थापनको लागि बजेटको व्यवस्थापन गर्ने नीति लिइनेछ ।
४.४.७ विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउनको लागी प्रत्येक वडामा उद्धार विपद स्वयम् सेवकको गठन गरि आवश्यकता अनुसार परिचालन गरिनेछ ।
४.४.८ं कोभिड १९ र सो बाहेकका सबै प्रकारका विपदको रोकथाम तथा न्यूनीकरणको लागि पूर्व तयारीर्, र पुनलाभका कार्यक्रम सञ्चालन गर्न स्थानीय विपद व्यवस्थापन कोषमा बजेटको व्यवस्था गरिनेछ । सोहि कोषबाट पिडितहरुलाई राहत उपलव्ध गराइनेछ ।
५ सुशासन तथा संस्थागत विकास
५.१ मानव संसाधन विकास
५.१.१ जनप्रतिनिधि, कर्मचारीको क्षमता र दक्षता अभिवृद्धिको लागि तालिम तथा अध्ययन अवलोकन भ्रमणको व्यावस्था मिलाईनेछ ।
५.१.२सेवा ग्राही सन्तुष्टी फारमको माध्यमबाट प्राप्त सुझाबका आधारमा कार्यसम्पादन मुल्यांकन गरी काम प्रति इमान्दार कर्मचारीलाई प्रोत्साहीत गर्न आवश्यक कार्यविधि बनाइ प्रोसाहन भत्ता उपलव्ध गराउनेसेवा प्रवाह प्रणालिमा आवश्यक सुधार ल्याई मितब्ययी र प्रभावकारी सेवा प्रदान गरिनेछ । जनमुखि सेवा प्रदान गर्ने इमान्दार र कर्मठ कर्मचारीहरुलाई विशेष पुरस्कार को व्यवस्था गरिनेछ ।
५.१.३ गाउँपालिकाको प्रशासनिक तथा सांगठनिक संरचना र संस्थागत प्रणालिलाई चुस्त दुरुस्त विश्वसनिय, क्षमतायुक्त र प्रभावकारी बनाउदै आवश्यक रिक्त दरबन्दीहरुमा उपयुक्त प्रक्रियाबाट पदपुर्ति पहल गरिनेछ र हाल कार्यरत कर्मचारीहरुलाई योग्यता र क्षमताका आधारमाउपयुक्त पदमा दरबन्दी मिलान गरिनेछ ।
५.१.४ गाउँ कार्यपालिकाको बैठकबाट स्वीकृत मालिका गाउँपालिकाको कार्य सम्पादन तथा कार्य विभाजन नियामावलीको पूर्ण पालनामा जोड दिईनेछ ।
५.१.५ हिंसा पिडितहरुको सहयोगको लागी कार्यविधी बनाई न्यायिक कोष स्थापना गरिनेछ र सुरक्षित आवास केन्द्र स्थापना गरिनेछ ।
५.१.६ छिटो छरितो विधिसंगत न्याय प्रशासनलाई प्रभावकारी वनाइनेछ ।
५.१.६ जनतासंग जनप्रतिनिधि कार्यक्रम संचालन गरिनेछ । सार्वजनिक सुनवाइ कार्यक्रमलाई निरन्तरता दिदै जनप्रतिनिधि तथा कर्मचारीलाई जनता प्रति उत्तरदायी बनाइनेछ ।
५.२ संस्थागत विकास
५.२.१ गाउँपालिकालाई प्रविधि मैत्री गाउँको रुपमा परिचित गर्न गाउँपालिका तथा वडा कार्यालयका सबै कामहरु विद्युतिय माध्यमबाट संचालन गरी कागजको प्रयोग कम गर्दै लैजाने नीति अवलम्वन गरिनेछ ।
५.२.२ गाउँपालिकाको सेवा प्रवाह प्रक्रियालाई छिटो, छरितो र अझ पारदर्शी बनाउदै लगिनेछ । सम्मानजनक व्यावहार सहित सेवा प्राप्त गर्नु सेवाग्राहिको अधिकार हो भन्ने मान्यतालाई स्थापित गर्न कर्मचारीहरुलाई निरन्तर प्रशिक्षित गराईनेछ ।
५.२.३ पारदर्शी, जवाफदेही, परिणाममुखी, नागरिकमैत्री र सुशासन स्थापनाका लागि महत्वपूर्ण कानुननियम,नियमावली,कार्यविधि निर्माण गरिएको छ । हाल १८ वटा कार्यविधि तयार भइसकेका छन् । गाउँपालिकाको कामकारबाहीलाई व्यवस्थित गर्न आवश्यक नियमावली र कार्यविधि निर्माण गरिनेछ ।
५.२.४ गाउँबासीहरुको सुविधाको लागि सबै वडाबाट सबै सेवा प्रदानहुने व्यवस्था गरिदै लगिनेछ ।
५.२.५ गाउँपालिका कार्यालय, वडा कार्यालय र विषयगत शाखा कार्यालयहरुका कर्मचारीहरु सेवाग्राहीप्रती उत्तरदायि बनाउन प्रेरित गरिनेछ ।
५.२.६ यस गाउँपालिकावाट प्रदान गर्ने सेवालाई प्रभावकारी,जनमुखी बनाउन नागरिक वडापत्र राखिनेछ साथै परामर्श सेवा करार गरी काम गर्ने कार्यको थालनी गरिनेछ ।
५.२.७ वडा कार्यालय तथा गाउँपालिका कार्यालयबाट प्रदान गरिने सेवाकोलागी सेवाग्राहीले पेश गर्नुपर्ने सवै प्रकारका सिफारिस दस्तुरलाई कार्यविधि बनाई लागु गरिनेछ ।
५.२.८स्थानिय तहलाई प्राप्त न्यायिक अधिकारलाई संस्थागत गर्न न्यायिक समितिकोक्षमतामा विकास गरी न्यायीक कार्य सम्पादन लाई चुस्त दुरुस्त र प्रभावकारी बनाईनेछ ।
५.३ राजश्व परिचालन
५.३.१. कर प्रशासन लाई छिटो, छरितो, पारदर्शी बनाउन थप नीतिगत सुधार तथा कर्मचारीलाई क्षमता अभिवृद्धिका कार्यक्रम संचालन गरिनेछ ।
५.३.२ राजश्व सम्भाव्यता अध्ययन प्रतिवेदन तथा गाउँ स्तरीय कर व्यवस्थालाई अद्यावधिक गरिनेछ ।
५.३.३.गाउँपालिकाले विभिन्न क्षेत्रबाट प्राप्त गर्ने कर, शुल्क तथा दस्तुरलाई प्रभावकारीरुपले संकलन गर्नका लागि सम्बन्धित सरोकारवाला निकायसँग सहकार्य गरिनेछ ।
५.३.३ गाउँपालिकाको राजश्वका दायराहरु बृद्धि गर्नका लागि ढु्रंगा,गिट्टी,बालुवा,वन पैदवार र पैठारी,घर बहाल कर,अन्य बहाल कर, विज्ञापन, नियुक्ति, एन. जीयो. आइ. एन. जीयोका तालिमहरु जस्ता क्षेत्रमा करका दायराहरु बढाइ कर नीति भित्र ल्याउन एकिकृत सम्पती कर प्रणलीको व्यवस्था गरि आन्तरिक आयमा बृद्धि ल्याउने नीति ल्याइनेछ ।
५.४ वित्तिय व्यवस्थापन
५.४.१ गाउँपालिकाबाट संचालन गरिने उपभोक्ता समिति, संघ सस्थामार्फत संचालन हुने सबै योजना तथा कार्यक्रमहरुमा कम्तीमा १० प्रतिशत नगद तथा श्रम लागत सहभागिता कायमै गरिनेछ ।
५.४.२ गतगाउँ सभामा प्रस्तुत, गाउँ विकासको दिगो र भरपर्दो श्रोत भनेको नै गाउँपालिकाको आफ्नो संकलितश्रोत नै हो । आन्तरिक आयमा सवल भएमा मात्र गाउँको दु्रत विकास हुनसक्ने भएकोले गाउँपालिकालाई आन्तरिक आयमा क्रमश सबल बनाउदै लैजानको लागि आन्तरिक आय वृद्धि गर्न करका दर र दायराहरुलाई फराकिलो बनाउदै लगिनेछ ।
५.४.३ जुन सुकै क्षेत्रका कार्यक्रमलाई पारदर्शी ढंगबाट संचालन गर्न अनुगमन, सामाजिक परीक्षण सार्वजनिक सुनुवाईलाई व्यवस्थित र अनिवार्य वनाइनेछ ।
५.५ वित्तिय जोखिम न्यूनीकरण
५.५.१ जोखिमको अवस्थालाई मध्यनजर गर्दैसबै प्रकारका आर्थिक कारोवार वैक खातावाट मात्र भुक्तानी दिइनेछ ।
५.५.२ सबै लक्षित वर्गको बजेट तथा कार्यक्रममा पर्न सक्ने जोखिमलाई कमगर्न विशेष सावधानि अपनाईनेछ।

५.६ सार्वजनिक सुनुवाई
५.६.१ जनताको गुनासो सुनुवाईको लागी स्थानिय रेडीयो,पत्रपत्रीका मार्फत त्रैमासिक रुपमा “गाउँवासीसंग गाउँपालिका कार्यक्रम” सञ्चालन गरिनेछ ।
५.६.२ गुनासो सुनुवाईको लागि “हेलो गाउँपालिका कार्यक्रम” समेत संचालन गरिनेछ ।
५.६.३ .गाउँपालिकावाट संचालित विभिन्न विकास कार्यक्रम तथा सेवाको चौमासीक रुपमा सार्वजनिक गरी पारदर्शीता र जवाफदेहितामा अभिवृद्धि गरिनेछ ।
५.६.४ प्रत्येक वडामा वडाका गाउँवासीसंग नियमित सम्बाद अन्तरकृया कार्यक्रम संचालन गरिनेछ ।
५.७सामाजिक परिक्षण
५.७.१ यस गाउँपालिकावाट संचालित सवै योजनाहरुको अन्तिम किस्ता भुक्तानी गर्नु अघि अनिवार्य सामाजिक लेखापरिक्षण गर्ने नीति कडाइका साथ लागु गरिने छ । यस कार्यका लागि छुट्टै कार्यनीति वनाइ गाउँपालिकाको वैठकले निर्णय गरी लागु गर्ने व्यवस्था मिलाइनेछ ।
५.७.२ समुदायबाट कुनै पनि जिन्सी वा नगद प्राप्त गर्नु भ्रष्टाचार गर्नु हो त्यसैले यस गाउँपालिकाका जनप्रतिनिधी तथा कर्मचारीमा शुन्य सहनसिलता को नीति लागु गरि भ्रष्टचार न्युनिकरणमा जोड दिई सुशासन प्रबद्र्धन गरिनेछ ।
५.८. आन्तरिक र अन्तिम लेखा परिक्षण
५.८.१ बेरुजुलाई नियन्त्रण गर्नआन्तरिक लेखापरिक्षणलाई सूचना प्रविधिमा आधारित बनाइनुका साथै आन्तरिक लेखा परिक्षण मार्फत गाउँकार्यपालिका,वडा कार्यालय,स्वास्थ्य संस्था,विषयगत शाखाहरु र विद्यालयहरुकोप्राप्त सुझावलाई व्यवस्थापकिय सम्वोधन मार्फत सुधार गरिनेछ ।
५.८.२ हरेक आर्थिक वर्षको अन्त्य पछि अन्तिम लेखापरिक्षण गरी प्राप्त सुझाव अनुसार सुधार गर्दे जाने प्रकृयालाई अवलम्वन गरिनेछ ।
आदरणिय सभाध्यक्ष महोदय
सभासदस्य ज्यूहरु,
अव म यस नीति तथा कार्यक्रम निर्माणका आधार तथा अगामि कार्य सम्पादनका केहि मार्गदर्शन प्रस्तुत गर्ने अनुमति चाहान्छु ।क. नीति तथा कार्यक्रम निर्माणका आधारहरु
१.नेपालको सम्विधान २०७२
२. स्थानीय सरकार सञ्चालन ऐन २०७४
३. आ.व. २०७६÷७७ को वार्षिक नीति तथा कार्यक्रम
४.गाउँपालिकाले तयार गरेको आवधिक योजना २०७५
५. गाउँकार्यपालिकाले गरेका विभिन्न निणर्यहरु ।
६. संघिय तथा प्रदेश सरकारका नीति तथा कार्यक्रमहरु
७.दिगो विकास लक्ष्यहरु
८. प्रस्तावित १५ औ पञ्चवर्षीय योजना ।
९.गाउँ प्रमुख, सभासदज्यूहरु तथा कर्मचारीवाट प्राप्त सुझावहरु
ख मार्ग दर्शनहरु
१ जन सहभागितामुलक विकास निर्माण
२ पारदर्शिता तथा जवाफदेहिता
३ छिटो छरितो सेवा प्रवाह
४ दिगो विकास
५ समावेशिता
आदरणिय सभासद ज्यूहरु
हामी प्रर्याप्त समस्याहरुका विचमा सम्भावना खोज्दै गरेको अवस्था हो । मुलुकले संघीय शासन व्यवस्था अवलम्वन गरे पश्चात स्थानीय तहमा सम्भावना र अवसर खोज्ने साथै मुलुकको कायापलट गर्ने दायीत्व हाम्रो काधमा रहेकोछ । यसका लागि हामीले योजना तर्जुमा गर्दा सेवामूललक, उत्पादनमूलक, रोजगारमूलक, वातावरणमैत्री र रितिरिवाजको संरक्षण गर्ने खालका कार्यक्रमहरुलाई सन्तुलित ढंगले अगाडि बढाउन सकियो भने मुलुकले अगाडि सारेको समृद्ध नेपाल सुखी नेपालीको नारा साकार पारेर देशलाई समृद्ध बनाउन सकिने कुरामा विश्वास व्यक्त गर्न चाहान्छु । यस गाउँपालिकालाई समृद्ध बनाइ जनतालाई सुखी बनाउन सकिन्छ । हामीले यी अवसर उजागर गदै नमुना गाउँपालिका वनाउँन जनताले हामिलाई निर्वाचित गरी पठाउनुभएकोछ । जनताको नजरमा हामिले यो अग्नि परीक्षामा उत्तीर्ण हुनु छ । यो जंघार तर्ने माध्यम भनेको हामिले वनाएको नीति तथा कार्यक्रम र यस लाई सघाउने योजना निर्माण नै हुन । तसर्थ गम्भिर छलफल मार्फत सहि योजना तर्जुमा छलफल सल्लाह सुझाव प्राप्त हुने नै छ भन्ने पूर्ण विश्वास लिएकोछु ।
अन्तमा म यस मालिका गाउँपालिकाको सम्मानित सभालाई जनप्रतिनिधिको हैसियतले सम्वोधन गर्ने मौका पाएको अवसरमा सम्पूर्ण गाउँवासिआमा,वुवा,दाजु,भाइ तथा दिदि वहिनीहरु, राजनैतिक दलका आदरणिय नेताहरु, विभिन्न संघ संस्थाहरु, सभासदज्यूहरु, सञ्चारकर्मि मित्रहरु, कर्मचारी तथा सुरक्षाकर्मी मित्रहरु लगाएत सम्पूर्णमा कृतज्ञता ज्ञापन गदै नीति तथा कार्यक्रमका कुराहरु यहाँहरुको विचमा राख्दछु ।

धन्यवाद ।
मालिका गाउँपालिका दरबाङ्ग, म्याग्दी ।
गण्डकी प्रदेश । नेपाल ।