म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित बेनी बचत तथा ऋण सहकारी संस्थाले कोभिड–१९ लाई लक्षित गरी सेयर सदस्य र सेवाग्राहीको कोरोना विमा गर्ने सुरू गरेको छ। कोरोनको माहामारीलाई लक्षित गरी सहकारीले पहिलो चरणमा १ सय ३३ जना संस्थापक सदस्य सहित ७ जना कर्मचारीको कोरोना वीमा गरेको संस्थाका प्रबन्धक सज्जन शाक्यले जानकारी दिनुभयो ।

‘कर्जा भुक्तानी गर्ने सदस्यलाई यो सुविधा छ,‘असार मसान्तभित्र कर्जा र ब्याज भुक्तान गर्नेलाई लकडाउन अवधिभरको ब्याजदरमा १० प्रतिशत छुट दिइएको छ’ शाक्यले भन्नुभयो ।

सहकारीका सञ्चालक समितिको बैठकले असार मसान्त सम्मको सम्पूर्ण कर्जा भुक्तान गर्ने सदस्यको १ लाख बराबर र ५० प्रतिशत देखि ७५ प्रतिशत सम्म व्याज भुक्तान गर्ने सदस्यहरुको ५० हजार बराबरको निशुल्क वीमा गर्ने निर्णयको आइतबारबाटै कार्यान्वयन सुरु भएको संस्थाका अध्यक्ष रमेश गिरीले बताउनुभयो ।

भाका नाघेका कर्जाको साँवा र व्याज चुक्ता गरेमा सदस्यहरुलाई विशेष छुटको व्यवस्था समेत गरिएको छ । सहकारीले समय भाका नाघेका कर्जाको असारमसान्त भित्रमा सम्पूर्ण व्याज भुक्तान गरेमा आगामी १ वर्षको लागि निशुल्क कर्जा नविकरण गरिदिने भएको छ । सहकारीले ल्याएको यो सुविधाले सेयरसदस्य आर्कषित भएको जनाइएको छ ।