गण्डकी प्रदेशमा बुधबार विहानै ३२ जना कोरोना संक्रमित थपिएका छन् । बुधबार बिहान कास्कीका ५ जनासहित तनहुँका १ जना पुरुष , स्याङजाका ३० महिने बालिकासहित २ महिला तथा ५ जना पुरुष , बागलुङका ९ जना पुरुष , गोरखाका १ जना पुरुष, पर्वतका १ महिला , लमजुङका ४ पुरुष तथा १ महिला र नवलपुरका ३ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

यससँगै प्रदेशमा संक्रमितको संख्या ७ सय २९ पुगेको निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार हाल क्वारेन्टिनमा रहेका उनीहरुलाई सम्बधित जिल्लाको आइसोलेसनमा ल्याउने तयारी भएको छ ।