म्याग्दीमा चारवटा शाखा रहेको गरिमा विकास बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदरमा मुद्दति निक्षेपमा व्यक्तिगतले ९ प्रतिशत र संस्थागतमा ८ प्रतिशत ब्याज रहेको छ । यस्तै बचत खातामा सबैभन्दा बढी ६ प्रतिशत र सबैभन्दा कम ४.५० प्रतिशत रहेको छ । हाल बैंकले १८ वटा बचत खाता सञ्चालमा ल्याएको छ ।

चैत समान्तसम्म बैंकको आधारदर १०.९७ प्रतिशत रहेको छ । म्याग्दीको सदरमुकाम बेनी, पश्चिम म्याग्दीको मंगला गाउँपालिकाको बावियाचौर, मालिका गाउँपालिकाको दरबाङ र उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरमा शाखा रहेको बैंकले विना धितोमा १५ लाखसम्म कर्जा समेत उपलब्ध गराउँदै आएको छ ।