कोभिड–१९ को जोखिमसँगै म्याग्दीबाट हालसम्म कुल २ सय ७० जनाको पिसिआर नमुना सङ्कलन गरी पठाइएकोमा २ सय ३५ को रिपोर्ट आएको छ । गण्डकी प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पठाइएकोमा त्यहाँ र काठमाण्डौबाट गरी नमुनाको नतिजामा २ सय १९ नेगेटिभ र १६ ओटा नमुना कोरोना पोजिटिभ आएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

पहिलो र तेस्रो संक्रमितको दोस्रो रिर्पोट समेत पोजेटिभ आएकाले हो । तेस्रो संक्रमतिको तेस्रो रिर्पोट समेत पठाइएकोमा नतिजा आउँन बाँकी रहेको स्वास्थ्य कार्यालय प्रमुख एकनारायण लम्सालले बताए ।

तेस्रो संक्रमति बेनी नगरपालिका ३ भकिम्लीका हुन् । बेनी अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र क्वारेन्टाइनमा रहेकाहरुको नमुनासहित ३५ जनाको रिपोर्ट आउन बाँकी रहेको जनाइएको छ । यसैबीच आरडिटी परीक्षणले समेत तिब्रता पाएपनि यसलाई विश्वनीय मान्न सकिएको छैन् । विभिन्न जिल्लामा आवतजावत गर्नेहरु, जिल्लाभित्र भित्रिनेहरुले आरडिटी परीक्षणको नतिजा देखाउनुपर्ने भएकाले समेत उक्त प्रक्रियाका लागि मात्रै गर्ने गरिएको छ ।