म्याग्दीको मंगला गाउँपालिकामा बिहिबार चारजना कोरोना संक्रमति थपिएसँगै ६ जना पुगेका छन् । बैदेशिक रोजगारको सिलसिलामा भारतबाट आएका मंगला–१ का ३० र ३५ बर्षिय दुई पुरुष र सोही गाउँपालिकाको वडा नं ३ र ४ बरंजा घर भएका दुई जनाका कोरोना पोजेटिभ देखिएसँगै जिल्लामा विदेशबाट फर्किनेमा सबैभन्दा धेरै संक्रमति मंगलाका भेटिएको हो ।

मंगला गापाको पाँच वडामध्ये वडा नं २ बावियाचौर बाहेक सबै ४ वटै वडाबाट भारत गएर फर्किएकामध्ये ६ जनाका कोरोना देखिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद गौतमले बेनीअनलाइनलाई बताउनु्भयो । उहाँका अनुसार गाउँपालिकाबाट विदेशमा गएकाहरुको तथ्याङ्क संकलनको काम भइरहेको छ।

भारत लगायत तेस्रो मुलुकमा गएर फर्किने अवस्थामा केही रहेकाले संक्रमतिको संख्या बढेपछि त्रसित हुनुपर्ने अवस्था नभएको स्वास्थ्य कार्यालयले जनाएको छ । हाल मंगलामा ६ जना, मालिका २, बेनी नगरपालिका ३, रघुगंगा गाउँपालिका ३ जना रहेका छन् । पहिलो मालिका –४ र दोस्रो मंगला–४ का संक्रमित निको भएर घर फर्किएका छन् ।