नेपालमा कोभिड १९ बाट मृत्यु हुनेको संख्या २७ पुगेको छ । कोरोना भाइरस कोभिड १९ को संक्रमणका कारण थप एक जनाको मृ’त्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयलका प्रवक्ता जागेश्वर गौतमका अनुसार दाङमा अचेत अवस्थामा भेटिएकी महिलामा कोरोना पुष्टि भएको हो ।

उनको राप्ती अस्पतालमा उपचारका लागि लैजाँदा मृ’त्यु भएको घोषणा गरिएको थियो । उनको स्वाव परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्या’न गुमाउनेको संख्या २७ पुगेको छ ।