थप एक जना कोरोना सङक्रमितको ज्यान गएको छ । कैलाली गोदावरी नगरपालिका–७ का ५० वर्षीय पुरुषको शनिबार बिहान ९ बजे चितवनको भरतपुर अस्पतालको आईसीयू कक्षमा ज्यान गएको अस्तपालले जनाएको छ ।

उहाँ क्यान्सरको बिरामी हुनुहुन्थ्यो । चितवन मेडिकल कलेजमा उपचाररत उहाँलाई बिहीबार राति कोरोना सङ्क्रमण पुष्टि भएपछि भरतपुर अस्पतालमा लगिएको थियो । शुक्रबार दिउँसोदेखि स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि र आइसोलेशन वार्डबाट आइसीयूमा सारिएको अस्पतालले जनाएको छ । स्वास्थ्य मन्त्रालयले भने यसबारे पुष्टि गर्न बाँकी छ ।

योसँगै कैलालीमा मात्रै कोरोनाका कारण चार जनाको ज्यान गएको छ । सुदूरपश्चिममा कोरोनाका कारण ज्यान गुमाउनेको सङख्या ६ पुगेको छ भने देशभर कोरोनाको कारण २८ जनाले ज्यान गुमाएका छन् । Source: ujjaloonline.com