बेनी नगरपालिकाले विश्वमा महामारीका रुपमा फैलिएको कोभिड १९ (कोरोना भाइरस)का कारण स्वदेश तथा विदेशमा रोजगार गुमाएर फर्किएकाको तथ्याङक संकलन सुरू गरेको छ । कोरोनाको संकटमा बेरोजगारीको खोजीका लागि नगरपालिका रोजगार शाखामार्फत १० वटै वडाभित्र तथ्याङ्क संकलन सुरु गरिएको हो ।

बेरोजगाराीलाई नगरभित्रै रोजगार उपलब्ध गराउन सकिने सम्भावनासँगै स्वरोजगारमुलक गतिविधिमा सक्रिय बनाउन आवश्यक तथ्याङ्क संकलन गरिएको रोजगार शाखाका प्रमुख कुलचन्द्र रेग्मीले बेनीअनलाइनलाई बताए ।

‘सबै वडामार्फत सूचना समेत जारी गरिएको छ,‘आफ्नो विवरण अनलाइनमा भर्न सकिन्छ’रेग्मीले भने । उनका अनुसार ब्यक्तिगत विवतरण सहित स्वदेश तथा विदेशमा रोजगार गुमाएको, विदेश फर्किने वा नफकिर्ने, रोजगार गर्न चाहने वा ब्यवसाय, रोजगार गर्न चाहने क्षेत्र, स्थान, तालिकका प्रकार र सकारसँगको अपेक्षा लगायत समेटिएको अनलाइन फारम उपलब्ध रहेको बताए ।

बेनी नगरपालिकाले आगामी बर्षको निति तथा कार्यक्रम र बजेटमा समेत नगरभित्र बाँझो जमिनलाई प्रयोग गर्ने, उत्पादनमुखी क्षेत्रमा प्राथमिकता दिने लगायतका योजनाहरू ल्याएको नगरप्रमुख हरिकुमार श्रेष्ठले बताए।‘बास्तविक रोजगार गुमेकालाई समेट्ने प्रयासमा छौ,‘यो एउटा अवसर पनि हो’ मेयर श्रेष्ठले भने ।

उनका अनुसार कोभिड १९ को जोखिमलाई मध्यनजर गरी रोजगार र ब्यवसायमा आर्कषित गर्न नगरपालिकाले प्राथमिकता दिएको बताए । बेनी नगरपालिका वडा नं ३, ५ र ९ वडामा १ सय ४९ जनाले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत विभिन्न योजनामा काम गरिरहेका छन् ।

Link: रोजगारमुलक गतिविधिमा सहभागि हुन चाहेमा यहाँ जानुहोस्

विज्ञापन