नेपाल बाल संगठनद्धारा सञ्चालित बालगृहमा बस्ने अभिभावका विहिन बालबालिकालाई यूकेमा रहेका एक ब्यक्तिले लत्ताकपडा सहयोग गरेका छन् । मालिका गाउँपालिका–५, देविस्थानका जेठा राना मगरले बालगृहमा रहेका बालबालिकालाई २१ हजार बराबरको लत्ताकपडा वितरण गरेका हुन् ।

बालगृहका बालबालिकाको संरक्षणमा रहेकी सावित्री थापामगरमार्फत बालगृहका बालबालिकालाई उपलब्ध गराइएको लत्ताकपडा बाल संगठनका अध्यक्ष नेत्रबहादुर महत, कोषाध्यक्ष ज्ञानेन्द्र श्रेष्ठ, सदस्य नैनकुमार श्रेष्ठ, एकेन्द्र रावल, नवराज पौडेल, तुलसीलता श्रेष्ठ लगाएतको उपस्थितीमा हस्तान्तरण गरिएको थियो ।

उक्त अवसरमा असार १५मा बालबालिकालाई दहीचिउरा खुवाइएको कार्यालय प्रमुख सुजन केसीले जानकारी दिनुभयो । बालगृहमा अभिभावक गुमाएका १३ जना बालबालिका बसोबास गर्छन् ।