जिल्लाको रघुगंगा र मालिका गाउँपालिकामा विद्यार्थीलाई सामाजिक दूरी कायम गरेर पठनपाठनको व्यवस्था मिलाइएको छ। बाहिर जिल्लाबाट शिक्षकलाई गाउँमा प्रवेश गर्न दिइएको छैन्। कोरोना भाइरसको जोखिमसँगै विद्यालय बन्द भएपछि घरमै बसेका विद्यार्थीको पढाइ प्रभावित भएपछि गाउँपालिकाले सुरू गरेको वैकल्पिक शिक्षा अन्तरगत स्थानीय सिद्धार्थ ज्ञानमन्दिर आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई सघाउने स्वंयमसेवक समेत खटिएका छन्।

गाउँपालिकाले सुरू गरेको घुम्ती शिक्षाले सदरमुकाम बेनी र गाउँकै निजी विद्यालयमा पढ्ने विद्यार्थी समेत आर्कषित हुन थालेका छन् । गाउँपालिकाले प्रभावकारी तयारीको झल्को त देखिदैन तरपनि जिल्लाकै अन्य स्थानीय तह अलमलमा परिरहेको अवस्थामा सुरुवात भने राम्रो गरेको छ । Janata mavi-Dagnam

कोरोना भाइरसको जोखिमसँगै सरकारले लकडाउन घोषणा गरेको ६ दिन अघिदेखि अर्थात् चैत ५ गतेदेखि विद्यालय बन्द भएपछि म्याग्दीका निजी तथा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थी उपस्थित भएर पढ्ने अवसर गुमाएका छन् ।

यति लामो समयसम्म घर बस्दा दिक्क भएका विद्यार्थी कहिले आफ्ना स्कुल र क्याम्पस खुल्लान् र पठनपाठन होला भनेर प्रतीक्षा गरिरहेका छन् । हुन त कतिपय म्याग्दीका सामुदायिक र निजी विद्यालयले अनलाइन कक्षा सञ्चालन गरिरहेका छन् ।

अनलाइनसँगै जोर–बिजोर कक्षा सञ्चालनको अभ्यासमा जुटेपनि स्थानीय तहले जिम्मा नलिदाँ विद्यालयका प्रधानाध्यापकले नै जोखिमको भारी बोक्नुपर्ने अवस्था छ । सरकारले सुरु गरेको टेलिभिजन र रेडियोबाट पढाइरहेका छन् । घर–घरमा पुस्तक पुगेपनि विद्यार्थीमा अलमलको अवस्था छ ।

तर, यी सबै प्रयासले सामान्य अवस्थाको पठनपाठनको विकल्प दिन सकेका जस्तो देखिदैन् । तीन तहको सरकारमा संघीय कार्यविधि बनाउँदै छन् प्रदेश र स्थानीय तह विद्यालयको पठनपाठनका बारेमा ठोस तयारीमै छैनन् ।

म्याग्दीमा स्थानीय तहले लकडाउन खुकुलो हुदाँसम्म प्रभावकारी योजना बनाउन नसक्नु दुखुको कुरा हो । अव स्थानीय तहले विद्यालय खुला गर्ने कार्ययोजना बनाउनु आवश्यक छ । विद्यालयले भित्रभित्रै भर्ना कार्यक्रम शुरू गरिरहेको भएपनि पठनपाठन बारे अलमल जस्तै छ । Janata mavi-Dagnam

बेनी नगरपालिकाले छलफलको आयोजना समेत गर्यो तर, विकल्पहरु उत्कृष्ट हुदाँहुदै निर्णयमा पुग्न सकेन् । नगर शिक्षा शाखाले प्रस्तुत गरेका हरेक विकल्पहरु उत्कृष्ट थिए तर, जनप्रतिनिधिले साथ दिन सकेनन् । अन्य स्थानीय तहले समेत प्रयास गरेका छन तर, सफल हुन सकेका छैनन् ।

स्थानीय तहले संघीय कार्यविधिलाई सघाउने गरी विश्व स्वाथ्य संगठनले तय गरेको मापदण्डलाई मध्यनजर गरी पठनपाठनको विकल्पमा अगाडी बढ्नुपर्ने आवश्यक छ ।

अहिले नै कोरोनाको जोखिम टरेको छैन् । स्थानीय तहका जनप्रतिनिधि, अभिभावक, स्थानीय शिक्षाविद्, प्रधानाध्यापक, शिक्षक, विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघका पदाधिकारी, स्वास्थ्यकर्मी, बाल–युवा क्लबबीच एक–आपसमा परामर्श गरी ठोस निर्णय गरेर मात्रै विद्यालय खुला गर्नु आवश्यक देखिन्छ विद्यालय खुला गरेर विद्यार्थीलाई कोरोना संक्रमण देखिए पुनः विद्यालय बन्द गर्नुपर्ने अवस्था आउन सक्छ ।

त्यसबाट जोगिन बेलैमा सचेत भएर निर्देशनअनुसार विद्यालय खुला गर्न उचित देखिन्छ ।शिक्षाको पछिल्लो अवस्था हेर्दा सुरक्षित तरिकाले विद्यालय सञ्चालन गर्नुको विकल्प देखिन्न । बेनी साप्ताहिक पत्रिकाबाट सभार

Leave a Reply