गण्डकी प्रदेशमा आज १६ संक्रमित थपिएसँगै कूल संख्या १ हजार ७९ पुगेको छ ।गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाए अनुसार बागलुङमा २, म्याग्दीमा ३, स्याङजामा १, तनहुँमा १ र कास्कीमा २ जना थपिएका छन् ।

त्यस्तै, नवलपरासीमा ७ जना थपिएका हुन् । कास्कीमा भेटिएका २ जनामध्ये ३३ र २७ वर्षीय पुरुष रहेका छन् । यसैगरी, गोरखा पालुङटारका ४४ वर्षीय संक्रमित पुरुषको मृत्यु भएको छ । उनको आज बिहान ५ बजे गोरखा अस्पतालमा मृत्यु भएको हो । यससँगै गण्डकी प्रदेशमा मृत्यु हुनेको संख्या ३ पुगेको छ ।

विज्ञापन