DofUbLsf] b/afª ahf/ a]gL, @ ;fpg -/f;;_M DofUbL vf]nfsf] lsgf/df /x]sf] dflnsf ufpFkflnsf–^ b/afª ahf/ . tl:a/ M sdn vqL

पश्चिम म्याग्दीको मालिका गाउँपालिकाले प्रचुर सम्भावना बोकेको पर्यटकीय तथा धार्मिकस्थलमा दुरलेक र हकलाङ डाँडोका पर्यटकलाई आर्कषित गर्ने पूर्वाधार विस्तार गर्ने भएको छ ।

गाउँपालिका भित्र रहेका पर्यटकीयस्थलमा न्यूनतम पूर्वाधार विस्तार नहुदाँ ओझेलमा परेको भन्दै आगामी आर्थिक वर्ष २०७७÷०७८ बर्षको बजेटमा वडा नं २ रूम र छिमेकी बागलुङ जिल्लाको ताराखोला गाउँपालिका–५ सिपको सिमानामा दुरलेकमा भगवान शिवको मुर्ती र वडा नं ५ देविस्थानको हकलाङ डाँडोमा बौद्ध स्तुपा बनाउने गरी बजेट बिनियोजन गरेको छ । दुरलेक

समुन्द्र सतहदेखि करीब तीन हजार ५ सय मिटरको उचाइमा रहेको दुरूलेक धुरी जिल्लाकै आर्कषक र चर्चित पर्यटकीयस्थल बन्ने सम्भावना भएपनि पूर्वाधार र प्रचारप्रसारका साथै गाउँपालिकाको समेत प्राथमिकतामा नपरेको गुनासो आउन थालेपछि गाउँपालिकाले शिवको मुर्ती सहित पूर्वाधारका लागि १० लाख विनियोजन गरेको गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोकाले बताए ।

‘दूरलेकमा हाम्रो उपस्थितिलाई नतिजामुखी बनाउँछौ,‘त्यहाँको सम्भावनालाई पूर्वाधारसँग जोड्छौ’ अध्यक्ष रोकाले भने । उनका हिमालभन्दा अग्लो स्थानमा पुगेको महसुस हुने स्थान भएकाले जिल्लामा भित्रिने पर्यटकलाई समेत त्यहाँ पुर्याउन सकिने बताए ।

दुरलेकमा शिवको मुर्ती सहितको संरचनाका लागि गाउँपालिकाले १० लाख र प्रदेश सरकारबाट समेत १० लाख बजेट रहेको छ । त्यस्तै पश्चिम म्याग्दीकै केन्द्र दरबाङबाट नजिकै रहेको देविस्थानको हकलाङ डाँडोमा बुद्ध स्तुपा बनाउन १५ लाख बजेट रहेको उपाध्यक्ष बिटालुको भनाई छ ।

‘प्रवासबाट समेत सहयोगको प्रतिबद्धता आएको छ,‘सबै मिलेर गौतमबुद्धको सन्देशलाई अग्लो डाँडोमा झल्काउँछौ’ उपाध्यक्ष विटालुले भनिन् । हकलाङ डाँडोबाट छिमेकी मंगला गाउँपालिकाको बावियाचौर लगायतका बस्ती समेत देखिन्छ ।

बेनी–दरबाङ सडकबाट समेत स्तुपा देखिने गरी पूर्वाधार बनाउन आगामी आवमा डिपिआर सहित निर्माण सुरु गरिने गाउँपालिकाले जनाएको छ । ४१ करोड ५४ लाख १० हजार ९४९ बराबरको बजेट पारित गदैं गाउँपालिकाले विभिन्न लोकप्रिय कार्यक्रमहरु सार्वजनिक गरेको छ ।

विज्ञापन