म्याग्दीका होटल तथा रेष्टुरेन्ट व्यवसायीले कोरोना भाइरस ९कोभिड–१९० को जोखिमका कारण समस्यामा परेको भन्दै विभिन्न छुट र सहुलियताको माग गदैं ज्ञापनपत्र बुझाएका छन् । लकडाउनका कारण चार महिनादेखि बन्द रहेको होटल ब्यवसायलाई नियमित सञ्चालन अझै अनिश्चित रहेको भन्दै ब्यवसायीले जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीको कार्यालयमा ज्ञापनपत्र बुझाएका हुन् ।

होटल ब्यवसायी संघका अध्यक्ष ताराप्रसाद आचार्य बाबुरामले प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालमार्फत लकडाउन अवधिको बैंकको ब्याज र किस्ता तिर्न पर्ने अवधि दुईबर्ष थप, लकडाउनको घरभाडामा पूर्ण वा ५० प्रतिशत छुट, विद्युत, इन्टनेट महसुलमा सहुलियत, घरधनीलाई घरबाल कर लगायतमा सहुलियत लगायतका विभिन्न ११ बुँदे माग बुझाएका थिए ।

संघका सचिव सरोज थापाले सरकारसँग व्याज छुट र किस्ताको भाका बढाइदिन माग गरिएको बताउँदै ब्यवसायीलाई राहत हुने गरी घरधनीलाई कर र वित्तिय संस्थाको ब्याजमा समेत सहुलियतको माग गरिएको बताए । पर्यटकको मुख्य मौसममा कोरोना भाइरसको प्रभावले म्याग्दी जिल्लाको सदरमुकाम सहित जिल्लाभरीको होटल ब्यवसाय सुनसान जस्तै भएका छन् ।

होटल बन्द भएपछि अधिकांश होटलले कर्मचारीलाई बिदा दिएपछि थप समस्या उत्पन्न भएको संघका अध्यक्ष आचार्यले बताए । ‘यही अवस्थामा वित्तिय संस्थाको कर्जालाई नियमित गर्न सकिदैन्,‘बेईमानी होईन्, लकडाउनले ब्यवसाय नै सञ्चालन नभएपछि सहयोग मागेका छौ’ उनले भने । कर्जा र घरभाडामा छुट नभए धेरै ब्यवसायी पलायनको जोखिममा समेत रहेको उनको भनाई छ ।

आन्तरिक तथा बाह्य पर्यटन, विभिन्न सार्वजनिक कार्यक्रमबाट आश्रित सानाठुला होटल, रेष्टूरेन्टको समस्या समाधानका लागी सम्बन्धित निकायमा पहल गर्ने प्रजिअ ढकालले बताए । कोरोनाको प्रभाव होटलमा देखिएको बताउँदै ज्ञापनपत्र सम्बन्धित निकायमा पठाउने प्रतिबद्धता जनाउँदै जिल्लामा आवश्यकता अनुसार सहजिकरण गर्ने प्रजिअ ढकालको भनाई छ ।

विज्ञापन