पूर्वी भूमध्यसागरमा पर्ने टापु देश साइप्रसमा लोकराज रोकामगरको अध्यक्षता म्याग्दी प्रवासी नेपाली संघ मोना गठन भएको छ । रोजगार र शिक्षाको सिलसिलामा त्यहाँ पुगेका म्याग्देलीहरूको भेलाले उपाध्यक्षमा सोजिना तिलिजा(पुन), महासचिव तेजेन्द्र रोका, सचिव रुप बहादुर पुर्जा, कोषाध्यक्ष कल्पना जुग्जाली,सह–कोषाध्यक्ष बालकुमारी पुर्जा रहेका छन् ।

त्यस्तै समितिको सदस्यहरूमा माया मगर, अनु पुर्जा, निलचन्द्र पुन, युवराज घर्ती, योगेन्द्र रोका, जानीमा विक, निकोसिया दुरपति पुर्जा, पाफोसमा गंगा घर्ती, लिममिासोलमा नवराज कँडेल, पारालिमीओमा कुमार पूर्जा र लार्नाकामा विरेन्द्र बुढाथोकी चयन भएको मोना आइसीका महासचिव विक्रम कार्कीले बताए।

‘विश्वभर मोनाको सञ्जाल विस्तारको कार्यले तिब्रता पाएको छ,‘थप केही देशहरुमा तयारी भइरहेको छ’ कार्कीले भने । यसैबीच मोना साइप्रसक विस्तारसँगै मोना आइसीसँग सहकार्य गरी अगाडी बढ्ने अध्यक्ष रोका मगरले बताए । यता मोना आइसीका अध्यक्ष ओमनारायण जुग्जालीले मोनाको राष्ट्रिय कार्यसमिति विस्तारमा सक्रिय सम्पूर्णलाई धन्यवाद दिैदैं मोना साइप्रसका सम्पूर्णलाई बधाई ज्ञापन गरेका छन् ।

विज्ञापन