सामाजिक गतिविधीमा कृयासील लायन्स कलव अफ पर्वत चौतारीले जिल्लाकै पुरानो तथा ऐतिहासीक शिवालय मन्दीर परीसरमा फलफुलका विरुवा रोप्ने कार्य सम्पन्न गरेको छ ।

कलवको वार्षिक कार्ययोजना अन्तर्गत वृक्षारोपण सम्पन्न गरेको कलवका अध्यक्ष र्निमल प्रधानले जानाकारी दिनु भयो । प्रधानकै अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि लायन्स को चिफ एडभाइजर वसन्त कुमार कर्मचाय रहनु भएको थियो ।

मानविय सेवा संगै वातावरण सरंक्षणमा समेत कलवको भुमिका महत्तवुर्ण रहने भन्दै कलवले वातावरण संरक्षणका गतिविधी समेत संचालन गर्दै आएको छ ।

कार्यक्रमा लयन डिपाटमेन्ट अफीसर परशुराम पुरी पिआर ओ पुरुषोत्तम आचार्य मन्दीर ब्यावस्थापन समिततिका अध्यक्ष ज्ञानेन्द्र पहाडी जोन चियर प्रसन मञ्जु शिलाकार लगायतले वोल्नुभएको थियो भने संचालन कलवका सचिव वल वहादुर पाठकले गर्नुभएको थियो ।मन्दीर परिसरमा मन्दीर ब्यावस्थापन समितिको संरक्षकत्व रहने गरी तिस भन्दा वडी फलफुलका विरुको रोपीएको जनाईएको छ ।