विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले हावाबाट कोरोना भाइरस सर्ने प्रमाण भेटिएको जनाएको छ। यसअघि डब्लुएचओले ३२ देशका २३९ वैज्ञानिकहरुले हावाबाट कोरोना सर्ने अध्ययनले देखाएकोले आफ्नो कोरोना बारेको मापदण्डमा परिवर्तन गर्न डब्लुएचओलाई चिट्ठी लेखेर अनुरोध गरेको विश्व अस्विकार गरेको थियो।

डब्लुएचओकी टेक्निकल डाक्टर मारिया भान केरखोवले हावाबाट कोरोना फैलिने विषय अहिले पनि अध्ययन मै रहेको भएपनि केहि प्रमाण भेटिएको बताएकी छन्। डब्लुएचओले  भिडभाड ठाउमा कम हावा भएको ठाउमा र बन्द कोठामा हावाबाट कोरोना भाइरस फैलिने आशंकाबाट अस्विकार गर्न नसकिने जनाएको छ।

साथै डब्लुएचओले यस बारेमा अझै विस्तृत अध्ययन भइरहेकाे जनाएकाे छ। यसअघि डब्लुएचओले कोरोना भाइरस मुख्यरुपमा व्यक्तिको नाक र मुखबाट निस्केको सुक्ष्म छिटाबाट सार्ने बताएको थियो। हाल विश्व स्वास्थ्य संगठनले सार्स–कोभिड–२ (कोरोना) भाइरस मुख्यरुपमा संक्रमित व्यक्तिको मुखबाट निस्किने थुकका साना छिटाबाट सर्ने बताउँदै आएको छ ।

त्यसैले डब्ल्यूएचओले एक–अर्काबीच कम्तिमा ३.३ फुटको दुरीमा रहन र मास्क लगाउन सुझाव दिँदै आएको छ । यदि हावाको माध्यमबाट कोरोना संक्रमण फैलिने कुरा औपचारिक रुपमा पुष्टि भएमा व्यक्तिगत दुरीको नियम परिवर्तन गर्नुपर्ने हुन्छ ।