कर्णाली प्रदेशमा ११ जना कोरोना संक्रमित थपिदा ३० जनाले कोरोना जितेर घर फर्किएका छन् ।

दुल्लु अस्पताल दैलेखबाट १० जना, प्रदेश अस्पताल सुर्खेतबाट १३ जना र चौरजहारी अस्पताल रुकुम पश्चिमबाट ७ जना गरी ३० जना कोरोना जितेर घर फर्किएका छन् । आज सम्म कोरोना जितेर घर फर्किनेको संख्या कुल १ हजार ३ सय २१ पुगेको छ ।

यसैबीच प्रदेश अस्पताल सुर्खेत पशुपंक्षी रोग अन्वेषण प्रगोगशाला सुर्खेतमा गरिएको परीक्षणबाट सुर्खेतका ५ जना र दैलेखका १ जनामा कोरोना पुष्टि भएको छ ।

त्यस्तै चौरजहारी नगरपालिका पीसीआर प्रयोगशाला रुकुम पश्चिममा गरिएको परीक्षणबाट रुकुमपश्मिका ४ जना र जाजरकोटका १ जनामा कोरोना पुष्टि भएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्यसेवा महाशाखाले जनाएको छ । कर्णाली प्रदेशमा कुल कोरोना संक्रमितको संख्या १ हजार ५ सय ६१ पुगेको छ ।