म्याग्दीको मंगला गाउँपालिका–५ अर्मनको साठी भन्ने ठाउँमा म्याग्दी खोलाले विद्युतको दुईवटा पोल बगाएपछि विद्युत अवरुद्ध भएको छ । पश्चिम म्याग्दीलाई केन्द्रिय प्रशारण लाइनसँग जोड्ने गरी विस्तार गरिएको पोलहरू धमाधम नदीको कटानसँगै बग्न थालेपछि विद्युत सेवा अवरुद्ध भएको बावियाचौरबाट स्थानीय सहकर्मी केशव कँडेलले बेनीअनलाइनलाई जानकारी दिनुभयो ।

उहाँका अनुसार म्याग्दी नदी आसपासका क्षेत्रको जमिन समेत कटानले क्षती पुगेको छ। पश्चिम म्याग्दीमा विद्युत सेवा अवरुद्धसँगै इन्टनेट र टेलिफोनमा समेत समस्या आउन थालेको स्थानीयको भनाई छ । यसबर्ष बाढी र पहिरोले पश्चिम म्याग्दीमा ठूलो मानवीय क्षती समेत भएको छ ।