कोरोना निको भएर बागलुङमा एकै दिन ५६ जना घर फर्किए

0

बागलुङमा कोरोनालाई जितेर एकै दिन ५६ जना आइसोलेसनबाट घर फर्किएका छन् । कोरोना संक्रमण देखिएपछि बागलुङ बजारको धौलागिरी बहुमुखी क्याम्पसको आइसोलेसन, धौलागिरी बहिरा आवासिय माध्यमिक विद्यालयको प्रि-आइसोलेसन र ढोरपाटन नगरपालिकाको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रको प्रि-आइसोलेसनमा रहेका ५६ जनाको दोस्रो परीक्षण रिपोर्ट नेगेटिभ आएपछि आज डिस्चार्ज गरिएको हो ।

गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा र प्रदेश क्षयरोग केन्द्रको ल्याबमा गरिएको परीक्षणमा बागलुङको धौलागिरी बहुमुखी क्याम्पसको आइसोलेसनमा बसेका काठेखोला गाउँपालिकका ७ जना, धौलागिरी बहिरा आवासिय माध्यमिक विद्यालयको प्रि-आइसोलेसनमा बसेका बागलुङ नगरपालिकाका १२ जना र बरेङ गाउँपालिकाका २ जना सहित बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रको प्रि-आइसोलेसनमा बसेका ३५ जनाको दोस्रो पिसिआर परीक्षण रिपोर्ट नेगेटिभ आएपछि आज घर फर्किएका हुन् ।

काठेखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमबहादुर विकका अनुसार काठेखोला गाउँपालिका वडा नम्बर ४ तंग्रामका २९ र २६ वर्षका २ जना पुरुष, वडा नम्बर ५ विहुँका २३ र २० वर्षका २ जना पुरुष, वडा नम्बर ६ विहुँका ३५ वर्षका एक जना पुरुष र वडा नम्बर ७ रेशका ५० र २६ वर्षका दुई जना पुरुषको रिपोर्ट नेगेटिभ आएपछि विहानै आइसोलेसनबाट फर्कि पठाइएको जानकारी दिनुभयो ।

यस्तै धौलागिरी बहिरा आवासिय माध्यमिक विद्यालयको प्रि-आइसोलेसनमा रहेका बरेङ गाउँपालिकाका ३५ र ४० वर्षिय जना पुरुष, काठेखोला गाउँपालिकाका ३७ बर्षिय एक जना पुरुष र बागलुङ नगरपालिकाका ४८, ५१, ३१, ३५, ३२, २६, ६५, ४२, २२, ३६ र ३७ बर्षिय ११ जना पुरुषको दोस्रो पिसिआर रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको बागलुङ नगरपालिकाका नगर स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले जानकारी दिनुभयो ।

यस्तै बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रको प्रि-आइसोलेसनमा रहेका निसीखोला गाउँपालिकाका २ जना, ढोरपाटन नगरपालिकाका १७ जना, बडिगाड गाउँपालिकाका १५ जना र तमानखोला गाउँपालिकाका १ जना आज डिस्चार्ज भएको स्वास्थ्य केन्द्रका प्रमुख डा. मिलन मल्लले जानकारी दिनुभयो ।

उनीहरुलाई बुधबार बिदाई गरेर कम्तिमा घरमै गएर दुई साता होम क्वारेन्टाइनमा बस्न आग्रह गरिएको छ ।यससँगै बागलुङमा कोरोना निको हुनेको संख्या एक सय ७१ पुगेको छ ।

Leave a Reply