म्याग्दीमा बाढीपहिरो पीडितलाई म्याग्देली यूवा आवाजले २ लाख सहयोग गरेको छ । लगातारको बर्षासँगै आएको बाढीपहिरोले जिल्लाका विभिन्न स्थानमा जनधनको क्षती पुगेपछि प्रवासमा रहेका केही म्याग्देली यूवाहरुको पहलमा सङ्कलन गरिएको उक्त आर्थिक आइतबार जिल्ला विपद् ब्यवस्थापन कोषका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल, प्रहरी नायव उपरीक्षक किरणजंग कुँवर लगायतको उपस्थिीतिमा हस्तान्तरण गरिएबो हो ।

म्याग्देली यूवा आवाजका प्रतिनिधि खेम केसी, छवि आचार्य, रवी कार्की, सतिस श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो । सहयोग हस्तान्तरण कार्यक्रममा प्रजिअ ढकालले यसबर्ष म्याग्दीमा बाढीपहिरोले ठूलो क्षती पुगेकाले राहत तथा पुर्नस्थापना कार्यक्रममा समेत हालेमालो गर्न अपिल गनुर््भएको छ ।

उहाँले यूवाहरुको रचनात्मक कार्यप्रति आभार प्रकट गदैं सहयोगदातालाई धन्यवाद ज्ञापन गर्नुभयो । अभियानमा अष्ट्रेलियाबाट हिक्मत श्रेष्ठ, जापानबाट प्रकाश विश्वकर्मा, यूएईबाट प्रकाश शर्मा र दक्षिण कोरियाबाट दिनेशजंग कटुवालले संयोजन गर्नुभएको थियो ।

त्यस्तै आवाजमार्फ नै पहिरोमा घाईते भएकी धवलागिरी गाउँपालिका ७, मराङकी मन्जिता सिर्पालीको उपचारका लागि समेत १५ हजार सहयोग गरिएको थियो । उक्त सहयोग मंगला गापा–१ कुहुँका शिव सिर्पालीले मणिपाल अस्पतालमा हस्तान्तरण गर्नुभएको थियो । यसअगाडी समेत उक्त संस्थाले म्याग्दीमा डेंगु प्रभावित क्षेत्रमा झुल सहित विभिन्न राहत तथा सहयोग हस्तान्तरण गरेको छ ।

Leave a Reply