म्याग्दीका बाढीपहिरोबाट पीडितलाई मोना कताले आकस्मिक कोषबाट सहयोग गरेको छ । कतारमा रहेका म्याग्देलीको साझा संस्था मोना कतारमार्फत तत्काल संस्थाको कोषबाट २ हजार रियाल अर्थात करिब ६३ हजार नेपाली सहयोग गरिएको अध्यक्ष तिलु शर्मा पौडेलले बताउनुभयो ।

‘संस्थागत सहयोगसँगै ब्यक्तिगत सहयोग समेत जुटाउँछौ,‘एकहप्तामा सहयोगलाई मोना आइसीको खातामा जम्मा गछौ’ अध्यक्ष शर्माले भन्नुभयो ।

मोना कतारले राहत संकलन अभियानका लागि प्रथम उपाध्यक्ष नगेन्द्र फगामीको संयोजकत्वमा देवी कँडेल, अजय कुँवर सदस्य रहेको सहयोग संकलन समिति समेत गठन गरेको छ । जिल्लामा मोना कतारमार्फत शिक्षा, स्वास्थ्य, रोजगार लगायत विभिन्न क्षेत्रमा सहयोग भइरहेको छ।

विज्ञापन