म्याग्दीका बाढीपहिरो प्रभावितलाई संयुक्त अरब इमिरेट्स (यूएई) मा रहेका म्याग्देलीको साझा संस्था मोना यूएईले १ लाख सहयोग गरेको छ । धवलागिरी गाउँपालिका-६,मराङ, मालिका–७ लगायत अन्य स्थानमा पहिरोबाट विस्थापित भएकाको पुर्नस्थापना तथा राहतका लागि मोना आइसीलाई १ लाख राहत उपलब्ध गराइएको मोना यूएईका महासचिव सुवास राम्जालीले बताउनुभयो ।

‘जन्मभूमिमा पहिरोले वितण्डा मच्चाइरहदाँ समुन्द्रपारी मन रोइरहेको छ,‘पहिरोले ज्यान गुमाएकाहरुका परिवारलाई पुर्नस्थापनामा सानो सहयोग पठाएका छौ’ राम्जालीले भन्नुभयो ।

उहाँका अनुसार मोना अन्तराष्ट्रिय कार्यकारी समितिका उपाध्यक्ष सुर्य भट्टचनले पहिरोस्थलको बस्तुस्थितीको अवलोकन गरेकोमा समेत धन्यवाद ज्ञापन गरेको छ । साथै बाढीपहिरोको थप क्षतीलाई मध्यनजर गरी आवश्यकता अनुसार सहयोग अभियानमा समेत जुट्न अपिल गरेको छ ।

विज्ञापन