पश्चिम म्याग्दीका बाढीपहिरो प्रभावितका बासिन्दालाई मोना अन्तराष्ट्रियले आपतकालिन राहत साम्रागी हस्तान्तरण गरेको छ ।

म्याग्दीको धवलागिरी गाउँपालिका–६,मराङ र मालिका गाउँपालिका–७, बिमका बाढीपहिरो पीडितलाई मोना आइसीका उपाध्यक्ष शुर्ज भट्टचनले प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाललाई अस्थायी बसोबासका लागि आवश्यक पर्ने १ सय तथा त्रिपाल र १ सय थान ब्लाङ्केट हस्तान्तरण गरेको मोना आइसीका महासचिव विक्रम कार्कीले जानकारी दिनुभयो ।

बेनीमा रहेको मोनाको सचिवालयमा आयोजित कार्यक्रममा उपाध्यक्ष भट्टचनले विश्वभर मोनामार्फत राहत संकलनको अभियानलाई तिब्रता दिएको बताउँदै जिल्लाका सरोकारवाला निकाय, विपद् ब्यवस्थापन समिति र स्थानीय सरकारसँग सहकार्य गरी राहत हस्तान्तरण गर्ने बताउनुभयो ।

‘पहिरोस्थलका बारेमा संस्था अध्यक्ष सहित सबैलाई जानकारी गराइसकेको छु,‘अब दिर्घकालिन सहयोग हुने गरे राहत संकलनका जुट्छौ’ उपाध्यक्ष भट्टचनले भन्नुभयो । मोनाले कोरोना भाइरस रोकथाम र राहतका लागि स्थापना गरेको आकस्मिक कोषबाट उक्त सहयोग गरेको जनाएको छ । सहयोग हस्तान्तरण कार्यक्रममा मोनाले थप सहयोगको प्रतिबद्धता पत्र समेत प्रजिअ ढकाललाई हस्तान्तरण गरेको छ ।

सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै प्रजिअ ढकालले प्राकृतिक विपत्तीमा परेकाहरुको उद्धारमा म्याग्देलीको सहयोग र सहकार्य उत्कृष्ट रहेको बताउनुभयो । मोना आइसीले विश्वभर रहेका राष्ट्रिय समितिमार्फत सहयोग अभियानलाई तिब्रता दिएको छ ।

मोना आइसीका अध्यक्ष ओमनारायण जुग्जालीले प्राकृतिक विपत्तीमा परेका म्याग्देलीको राहत तथा पुर्नस्थापनाका अभियानमा हातेमालो गर्ने बताउनुभयो । ‘सबैले आफ्नो ठाउँबाट सहयोग गर्नुाहोला,‘प्राकृतिक विपत्तीलाई पराजित गर्ने एउटै आधार सहकार्य हो’ जुग्जालीले भन्नुभयो । कार्यक्रममा ओमकुमारी शान्ति कोषका अध्यक्ष राजेश शाक्य लगायतको उपस्थिती रहेको थियो ।

विज्ञापन