बाढीपहिरोमा विस्थापित र घाईतेलाई यूकेबाट समाजसेवी ईशा गुरुङले ५० हजार सहयोग गर्नुभएको छ । धवलागिरी गाउँपालिका–६,मराङका १५ जना,वडा ७ ताकमका १ जना र मालिका गाउँपालिका–७ बिम १ जना गरी १७ जनालाई सहयोग गर्नुभएको हो ।

गत शुक्रबार पहिरोमा विस्थापित भएकालाई ३० हजारको खाद्यान्न र पहिरोमा घाईते भई पोखराको मणिपाल अस्पतालमा उपचार गराइरहेका मराङकी मञ्जिता सिर्पाली, गौमती सुनार, ताकमकी सतदेवी विटालु र बिमका पूर्ण नेपालीलाई पोखरामा रहेका म्याग्देली यूवा सिव विकले अस्पतालमै हस्तान्तरण गर्नुभएको छ भने ३० हजार सहयोगलाई धवलागिरी गाउँपालिकामार्फत मराङका १५ जना पीडितलाई हस्तान्तरण गर्ने गरी बासु घिमिरे र यामनाथ सुबेदीलाई हस्तान्तरण गरिएको छ।

‘मैले सानो सहयोग पठाएको छु,‘सबै पीडितलाई एक्लै सहयोग गर्न सकिदैन, सबैले हातेमालो गर्नुहोला’ गुरूले भन्नुभयो ।सडक सञ्जालबाट तत्कालै राहत पुर्याउन समस्या हुने भएपछि सम्बन्धित वडामार्फत वितरण गर्ने गरी हस्तान्तण गरिएको उहाँको भनाई छ । यो संगै गुरुङको बाढीपीडितलाइ यो बर्ष उनको चौंथो सहयोग हो ।

यस अघि उनले पर्वत, बझाङ र सिन्धुपाल्चोकका बाढी पहिरो पीडितलाइ आर्थिक सहयोग गरेकी थिइन। समाजमा विभिन्न समस्यामा रहेका धेरै ब्यक्तिलाइ गुरुङले अहिलेसम्म गरि करिब ६ करोड सहयोग गरेको उहाँको भनाई छ । यसअगाडी गरिबीकै कारण प्रधानाध्यापकलाई पत्र लेख्ने पूजा खत्रीको परिवारलाई समेत उहाँले आर्थिक संकलन गर्नुभएको थियो ।

बेनीअनलाइनका प्रधानसम्पादक हरिकृष्ण गौतममार्फत उक्त सहयोग हस्तान्तरण गरिएको थियो । समाजसेवी गुरूङको सहयोगलाई वडामार्फत सम्बन्धित पीडितलाई हस्तान्तरण गरिने धवलागिरी गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले बताउनुभयो । ‘हरेक सहयोग गाउँपालिकासँग समन्वय गरी वितरण गरिने छ,‘सहयोग हस्तान्तरणप्रति आभारी छौ’ छन्त्यालले भन्नुभयो ।

विज्ञापन