मंगला गाउपालिकाले आगामी आर्थिक वर्ष २०७७÷७८ का लागि ४० करोड रुपैयाँ भन्दा बढीको बजेट पारित गरेको छ । रोगजार, कृषि र पूर्वाधारलाई प्राथमिकता दिएर गाउँपालिकाले आगामी आवका लागि४० करोड ३३ लाख २५ हजार पाचसय साठी रुपियाँ बराबरको बजेट पारित गरेको हो । आइतबार सम्पन्न नवौं गाउँसभामा अध्यक्ष सतप्रसाद रोकाले उत्पादन र रोजगारलाई सघाउ पुग्ने बजेटलाई श्रावन महिनादेखि नै कार्यान्वयन गर्ने गरी तयारी अवस्थामा रहन समेत अनुरोध गर्नुभएको छ ।

गाउँसभामा अल्या बजेट एक करोड रुपैयाँ समेत विभिन्न योजनामा बाडफाँड गरिएको छ । गाउँपालिका भित्रको पूर्वाधारलाई प्राथमिका दिएर अल्या बाडफाँड गरिएको छ ।संघिय सरकारबाट विशेष अनुदानका रुपमा एक करोड ६० लाख रुपियाँ प्राप्त भएको छ । एक करोड चालु आर्थिक वर्षमा खर्च हुन नसकेर बाँकी रहेको बजेटलाई समाबेश गरिएकाले प्राथमिक योजनाहरुमा सहज भएको प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद गौतमले बताउनुभयो ।

अल्याबाट थपिएको एक करोड मध्यबाट पुलचोक–पिपलबोट–पाखु–धारा सडकलाई १५ लाख,मंगला शिक्षा क्याम्पसलाई थप २० लाख, सिम–कोत्रवाङ–कुहुँ–पुर्णगाउ–टोड्के सडकलाई थप १५ लाख, ताराखेत–भरजुला–सल्यान–भरजुला–थाइवाङ–हिदी सडकलाई थप १५ लाख, विपद् व्यवस्थापन सामग्री खरिदमा ३० लाख र छ लाख रुपैयाँ सार्वजनिक निर्माणमा गरिएको छ ।

यसैगरी प्रदेश समानीकरण एक करोड २० लाख ६१ हजार, राजश्व बाँडफाँड ३२ लाख ११ हजार र आन्तरिक आम्दानी ५६ लाख ५० हजार अनुमानित गरिएको छ । गाउँसभामा उपाध्यक्ष सिर्जना केसी र ५ वटै वडा अध्यक्षले बजेट कार्यान्वयनलाई ढिलाई नगर्ने गरी उपभोक्ता समितिलाई समेत थप प्रशिक्षण दिने बताएका थिए ।

विज्ञापन