अविरल वर्षासँगै आएको बाढीपहिरोबाट प्रभावित म्याग्दीका दुई स्थानीय तहलाई मंगला गाउँपालिकाले ३ लाख सहयोग गरेको छ । विपद्मा एक स्थानीय तहले अर्कोलाई सहयोग आवश्यकता रहेको भन्दै नवौं गाउँसभाबाट धवलागिरी गाउँपालिकालाई २ लाख र छिमेकी मालिका गाउँपालिकालाई १ लाख सहयोग गरेको गाउँपालिकाले जनाएको छ ।

प्राकृतिक विपद्मा स्थानीय तहको संयन्त्रको सहयोग तथा सहकार्य आवश्यकता रहेकाले दुवै गाउँपालिकामा पुगेको मानवीय क्षतीप्रति दुख ब्यक्त गर्दै भविस्यमा समेत निरन्तर सहकार्य गरिने गाउँपालिका अध्यक्षत सतप्रसाद रोकाले बताउनुभयो ।

‘प्राकृतिक विपत्तीसँग जुध्ने बलियो आधार सहकार्य हो,‘पहिरोमा विस्थापित भएकालाई उचित पुर्नस्थापनाका लागि समेत अपिल गरेका छौ’ रोकाले भन्नुभयो । गत शुक्रबार राती धवलागिरी–६ मराङ र मालिका–७ बिममा पहिरोमा २७ जनाले ज्यान गुमाएका थिए । दुबै गाउँपालिकालले सहयोगप्रति आभार प्रकट गदैं आवश्यक थप सहकार्यको समेत अपेक्षा गरेको बताएका छन् ।