अविरल वर्षासँगै आएको बाढीपहिरोमा परेर विस्थापित भएकालाई अष्ट्रेलियाको क्वीन्सल्याण्ड राज्यको बन्डाबर्ग क्षेत्रमा बसोबास गर्ने म्याग्देली हरुको संस्था म्याग्दी सेवा समाजले ७५ थान त्रिपाल सहयोग गरेका छन् ।

पहिरोले विस्थापित भएका धवलागिरी गाउँपालिका–६ मराङका पूर्ण रुपमा विस्थापित र जोखिमपूर्ण अवस्थामा रहेकालाई लक्षित गरी पहिलो चरणमा आवश्यक पर्ने सालिमार १८÷२४ साईजको ५० थान र १५÷१८ को २५ थान त्रिपाल विपद् ब्यवस्थापन समिति संयोजक एवम् प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाललाई समाजको तर्फबाट भिमनाथ शर्मा र पत्रकार हरिकृष्ण गौतमले हस्तान्तरण गर्नुभएको छ ।

पहिरोबाट विस्थापित र पहिरोको जोखिमका कारण घर छोडेर हिडेकाको सामान सुरक्षित गर्ने गरी धवलागिरी गाउँपालिकाकी अध्यक्ष थमसरा पुनसँग समन्वय गरी पहिरो चरणको सहयोग गरिएको म्याग्दी सेवा समाजले बन्डाबर्गका अध्यक्ष राम केसीले बताउनुभयो ।‘खाद्यान्न साम्रागी पुगिसकेको छ,‘थप सहयोगका लागि आवश्यक पहल गरिरहेका छौ’ केसीले भन्नुभयो । उहाँका अनुसार ‘टच मराङ’ अभियानमार्फत आवश्यक सहयोग जुटाएर पठाउने गरी पहल समेत भइरहेको छ ।

पहिलो चरणको सहयोगमा तिलक रोका २११ डलर, गौप्रसाद पूर्जा १ सय ५१ डलर, अञ्जु बुढा मगर १ सय १० डलर, पुनम पुन २ सय १ डलर, हरि पाठक चितवन १ सय, मायाँ छन्त्याल र बिन्दास बाबु १ सय डलर, सर्मिला थापा बुटवल ५० डलर र दमौलीका सुरज थापाबाट १ सय ५ डलर सहयोग गरिएको संस्थाले जनाएको छ । संस्थालाई प्राप्त सहयोग र संस्थामार्फत गरी १ लाख ७० हजार १ सय बराबरको त्रिपाल विपद् ब्यवस्थापन समितिमार्फत धवलागिरी गापामा हस्तान्तरण गरिने छ ।

विज्ञापन