सन् २०२२ मा कतारमा हुने फिफा विश्वकपको मिति सार्वजनिक भएको छ । फुटबलको सर्वोच्च संस्था फिफाका अनुसार कतार विश्वकप २०२२ नोभेम्बर २१ मा सुरु हुनेछ भने डिसेम्बर १८ मा फाइनल खेल हुनेछ।यस्तै समूह चरणमा एक दिनमा ४ खेल हुनेछ । समूह चरणको खेल १२ दिनसम्म हुनेछ ।तर कतारमा अत्यधिक गर्मी हुने भएकोले आयोजकले पहिलो पटक विश्वकप नोभेम्बरमा गर्ने भएको हो ।विश्वकपको उद्घाटन खेल ६० हजार दर्शक क्षमता रहेको अल बायत स्टेडियममा हुनेछ । उद्घाटन खेलमा कतारले खेल्नेछ । समूह चरणका खेलहरु चार फरक समयमा सुरु हुनेछन् । नोभेम्बर २१ मा दिउँसो १ बजे खेल्नेछ । प्रतियोगितामा समूह चरणका खेलहरु दिउँसो १ र ४ बजे ,बेलुका ७ र ८ बजे र नकआउटचरणको खेलहरु बेलुका ६ र ८ बजे हुनेछन् ।

खलिफा रंगशालामा अन्तिम तीन उपाधिको लागि डिसेम्बर १७ मा खेल हुनेछ र फाइनल खेल कतारको राष्ट्रिय दिवस १८ डिसेम्बरको दिन पारेर ८० हजार सिट क्षमता भएको लुसेल रंगशालामा हुनेछ । प्रतियोगितामा सहभागी अन्य देशहरुको टुंगो भने लाग्न बाँकी छ । प्रतियोगिताको टिकटको लागि यसै वर्षको अन्तिममा बुकिङ्ग खुला गरिने फिफाले बताएको छ ।

विज्ञापन