अविरल वर्षासँगै आएको बाढीपहिरोमा परेर विस्थापित भएकालाई राहत तथा औषधी साम्रागी सहित गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङ सहितको टोली मराङमा पुगेको छ । जिल्लाको धवलागिरी गापा–६, मराङ र मालिका गापा–७, विममा गएको पहिरोमा परेर ज्यान गुमाएकाको परिवार र विस्थापितलाई भेट्न मुख्यमन्त्री गुरूङ, सामाजिक विकासमन्त्री नरदेवी पुन, भौतिक तथा पूर्वाधार मन्त्री रामसरण बस्नेत, मुख्मीसचिव हरी बस्याल सहित प्रदेशका सुरक्षा निकायाको टोलीलाई राहत साम्रागी सहित नेपाली सेनाको एमआई १७ हेलिकप्टरमा पहिरोस्थलमा पुग्ने सामाजिक विकासमन्त्रीका स्वकिय सचिव प्रकाश पौडेलले जानकारी दिनुभयो ।

हेलिकप्टरमा खाद्यान्न, लत्ताकपडा, औषधी उपकरणको समेत ब्यवस्था गरिएको छ । त्यस्तै बेनीमा विपद् ब्यवस्थापन समितिको टोलीलाई प्राप्त खाद्यान्न, त्रिपाल सहितको साम्रागी समेत ढुवानी गरिने छ । पहिरो प्रभावित क्षेत्रमा आवश्यकता अनुसारका साम्रागी तथा विस्थापितलाई पुर्नस्थापना लगायतका कार्यहरुमा समेत छलफल हुने गाउँपालिका उपाध्यक्ष रेशम छन्त्यालले जानकारी दिनुभयो ।

गत शुक्रबार राती २ बजे गएको पहिरोको करिब एकसाता पछि प्रदेशका मुख्यमत्री सहितको टोली राहत लिएर घटनास्थलमा पुगेपछि स्थानीयले तत्काल राहत तथा पुर्नस्थापनाको माग गरेका छन् । टोलीले स्थानीयलाई राहत तथा पुर्नस्थापनामा पहिलो प्राथमिकता दिने जनाइएको छ । मराङ र बिममा पहिरोमा २७ जनाले ज्यान गुमाएका छन भने ३ जना अझै बेपत्ता छन् भने करिब विस्थापित विद्यालय, आफन्तको घरमा बसेका छन् ।