म्याग्दी जिल्लाका बाढीपहिरो प्रभावितलाई प्रतिभा माध्यामिक विद्यालयले ५० हजार सहयोग गरेको छ । पोखरामा एकमात्रै गुणस्तर मापन आईएसओ प्राप्त गरेको विद्यालयले अविरल वर्षासँगै आएको बाढीपहिरोमा परेर विस्थापित भएकालाई राहत तथा पुर्नस्थापनामा सघाउने उद्देश्यले बिहिबार प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाललाई विद्यार्थी र अभिभावको उपस्थितीमा उक्त सहयोग हस्तान्तरण गरेको हो ।

म्याग्दीबाट पोखरामा उच्च शिक्षा अध्यायनका लागी पहिलो रोजाईमा रहेको विद्यालयका अभिभावक र विद्यार्थीले विद्यालय सञ्चालन समितिको निर्णय अनुसारको सहयोग हस्तान्तरण गरेको सञ्चालक समितिका सदस्य किरण सापकोटाले बताउनुभयो ।

‘पोखराबाट म्याग्दीका विभिन्न समस्यामा सहयोग गर्ने गरेका छौ,‘कर्मथलो पोखरा भएपनि म्याग्दीको प्राकृतिक विपत्तीले पोलेको छ’ सापकोटाले भन्नुभयो ।

उहाँले विद्यालयको तर्फबाट प्रतिनिधि नै यहाँ अध्ययनरत विद्यार्थी, भुपु विद्यार्थी र अभिभावक भएको बताउँदै आवश्यकता अनुसार भविस्यमा समेत सहकार्य गर्ने बताउनुभयो । सहयोग रकम लिएर विद्यालयका विद्यार्थी, अभिभावक जिल्ला प्रशासन कार्यालयमा पुगेका थिए ।

सहयोग हस्तान्तरण कार्यक्रममा प्रजिअ ढकालले जिल्लामा हुने हरेक सामाजिक तथा मानवीय सेवामा समुदायको सक्रियताबाट उत्साहित भएको बताउनुभयो ।

उहाँले सहयोगलाई राहत तथा पुर्नस्थापनामा खर्च गर्ने प्रतिबद्धता समेत ब्यक्त गर्नुभयो । पोखरामा रहेको विद्यालयले लगातार देशभरमा सर्वोत्कृष्ट नतिजा ल्याउँदै आएको छ । पोखरामा मावि तथा उच्च शिक्षाका लागि अध्ययान गर्ने सबैभन्दा धेरै विद्यार्थी भएको विद्यालयमा समेत प्रतिभा पर्छ । विगतमा समेत प्रतिभाले जिल्लाका विभिन्न गतिविधिमा सहयोग गरेको थियो ।

Leave a Reply