कोरोना भाइरस कोभिड १९ संक्रमणको प्रभाव कमजोर हुँदै गएको दैनिक पेश गरिने विवरणले देखाउन थालेको छ । संक्रमित थपिने भन्दा डिस्चार्ज हुनेहरुको संख्या नै दिनानु दिन बढदै गएको छ । पछिल्लो २४ घण्टामा मात्र ५७ जना संक्रमित फेला पर्दा निको हुनेको संख्या १ सय ३ रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट १ सय ३ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या ११ हजार ६ सय ३७ पुगेको छ । निको हुनेको कुल संख्याको प्रतिशतमा यो ६६ दशमलव १२ प्रतिशत हो ।

पछिल्लो २४ घण्टामा गरिएको ३ हजार ३ सय ३१ जनाको पीसीआर परीक्षणबाट ५७ जनामा मात्र कोरोना संक्रमण देखिए पनि जोखिम कम भइनसकेको तर्फ भने मन्त्रालयले सचेत गराएको छ ।लकडाउन खुले झै तवरबाट गतिविधिहरु हुन थालेकोप्रति सचेत हुन आग्रह गर्दै मन्त्रालयले लापरवाही र हेलचेक्रयाई गर्न हुने अवस्था नरहेको प्रष्ट पारेको छ । News24nepal.tv