सांसद विकास कोष अन्तर्गत रहेको ९० लाख भन्दा बढी रकम म्याग्दीको कोभिड-१९ कोषमा जम्मा गरीने भएको छ । आषाढ मसान्त भित्र फछर्यौट हुन बाँकी रहेको रकम स्थानीय स्तरमा कोरोना नियन्त्रण तथा रोकथामको लागि खर्च गरीने भएको छ ।

नेपाल सरकार मन्त्री परिषद्को आषाढ २० गतेको निर्णय अनुरुप खर्च हुन नसकेर बचेको रकम सांसदको सहमतिमा स्थानीय तहको कोरोना कोषमा पठाउने निर्णय भएको हो ।

विकास निर्माणका योजनाका लागि छुट्याएकोमध्ये बचत भएपछि उक्त रकम स्थानीय तहकै कोरोना जम्मा गरिएको म्याग्दीका संघिय सांसद भूपेन्द्रबहादुर थापाले जानकारी दिए । असार १५ सम्म खर्च गर्नुपर्ने रकम खर्च हुन नसकेपछि कोरोना कोषमा जम्मा गरिएको हो। उनले भने, “रकम फ्रिज हुनुभन्दा महामारी नियन्त्रण गर्न सहयोग पुगोस् भनेर कोरोना कोषमा जम्मा गरेका हौँ।”

सरकारले असार २ गते खर्च हुन नसकेर बचेको रकम सांसदको सहमतिमा स्थानीय तहको कोरोना कोषमा पठाउने निर्णय गरेको थियो।

उक्त निर्णय अनुसार, रघुगंगा गाउपालिका अन्तर्गत खर्च हुन नसकेको ३० लाख ८८ हजार धौलागिरी गाउपालिका अन्तर्गत खर्च हुन नसकेको ५० लाख र अन्नपूर्ण गाउँपालिकाको १० गरी नब्बे लाख भन्दा बढी रकम काेभिड काेषमा जम्मा गर्न लागिएकाे हाे ।

जिल्लाको रघुगंगा गाउपालिका, धौलागिरी गाउपालिका र अन्न्पूर्ण गाउपालिकाको सामूहिक हितलाई मध्यनजर गर्दै उक्त रकम म्याग्दी अस्पतालका निम्ति आवश्यक स्वास्थ्य सामाग्री खरिदमा प्रयोग गरीने स्रोतले जनाएको छ । Source:Global Awaj