नेपाली कांग्रेस म्याग्दीले अबिरल बर्षासँगै आएको बाढीपहिरोले विस्थापित भएका धवलागिरी र मालिका गाउँपालिकाका पहिरो पीडितलाई थप राहत साम्रागी हस्तान्तरण गरेको छ ।  आइतबार धवलागिरी गाउँपालिका–७, ताकम धारापानी र मालिका–७, बिममा बाढीपहिरोले विस्थापित भएकालाई खाद्यान्न साम्रागी सहयोग गरेको हो । बाढीपहिरो प्रभावितलाई राहत साम्रागी र पुर्नवासमा सघाउने उदेश्यले पार्टीले सञ्चालन गरेको राहत अभियान अन्तरगत दोस्रो चरणमा साढे चार लाख बराबारको खाद्यान्न सहयोग गरेको जनाइएको छ ।

धारापानीको दलित बस्तीमा पहिरोले जोखिम बढेपछि विस्थापित भएकालाई निर्वतमान सभापति एवम् संविधानसभा सदस्य रेशमबहादुर बानियाँले १ सय ३४ घरधुरीलाई र बिममा पार्टी सभापति खम्बीर गर्बुजाको नेतृत्वमा पुगेको ६० घर परिवारलाई सहयोग गरेको पार्टी प्रबक्ता अजयमिलन श्रेष्ठले जानकारी दिनुभयो ।

ताकमको टोलीमा निर्वतमान सभापति बानियाँ, प्रबक्ता श्रेष्ठ,निर्वाचन क्षेत्र ‘ख’ का सभापति कमल छन्त्याल, कांग्रेस मालिका गाउँपालिका कोषाध्यक्ष बिरेन्द्र किसान, तरुण दल म्याग्दीका सचिव नगेन्द्र मल्ल रहेका छन् भने सभापति गर्बुजाको नेतृत्वमा जिल्ला सचिव क्यामिनबहादुर कार्की, नेपाली कांग्रेसका महासमिति सदस्य चिरन्जीबी शर्मा, क्षेत्र ख का उपसभापति,मेखबहादुर पुन, सचिव श्रीराम पौडेल लगायत रहेको जनाइएको छ।

टोलीले बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकन, पीडितको आश्यकता तथा पुर्नवासमा समेत सहयोगको प्रतिबद्धता जनाएको छ । ‘हामीले थप सहयोगका लागि पहल गरिरहेका छौ,‘तपाईहरुलाई पटकपटक भेट्न आउँछौ’ सभापति गर्बुजाले भन्नुभयो । त्यस्तै ताकम धारापानीको दलित बस्तीको जमिन भाँसिएपछि विस्थापित भएकालाई निर्वतमान सभापति बानियाँले राहत तथा पुर्नवासमा आवश्यक सहयोगको अपिल समेत गर्नुभएको छ ।

यसअगाडी नेपाल विद्यार्थी संघका अध्यक्ष निर्मल खत्रीको नेतृत्वमा तरुण दल म्याग्दीका उपाध्यक्ष विश्वास श्रेष्ठ सहितको टोलीले खच्चडमा खाद्यान्न बोकेर मराङका वडा अध्यक्ष राजाराम सुबेदी तथा स्थानीयलाई हस्तान्तरण गरेका थिए ।