म्याग्दी जिल्लाको सदरमुकाम बेनीमा सञ्चालित बेनी बचत तथा ऋण सहकारी संस्थाले सहकारीका सदस्यलाई ब्याजमा भारी छुट दिएको छ ।

कोरोना भाइरसको जोखिमलाई मध्यनजर गरी सरकारले गरेको लकडाउनले समस्यामा परेका सेयर सदस्यहरुलाई आर्थिक वर्ष २०७६÷०७७मा कोरोना माहामारीलाई मध्यनजर गदै ७ लाख २५ हजार रुपैयाँ व्याज दरमा छुट दिएको सहकारीका अध्यक्ष रमेश गिरीले जानकारी दिनुभयो ।

कोरोना महामारीका कारण समस्यामा परेका ऋणी सदस्यहरुलाई मध्यनजर गर्दै ब्याजदरमा छुट दिएको गिरीको भनाई छ ।

लकडाउन अवधीमा सदस्यले लिएको ऋणको कुनैपनि हर्जना, जरिवाना नलिएको सहकारीले ५० प्रतिशत ब्याज भुक्तानी गर्ने सदस्यको ५० हजार रुपैयाँसम्म र ७० प्रतिशतसम्म ब्याज भुक्तानी गर्दा एक लाख बीमांकको कोरोना बीमा समेत गरिएको छ ।

लकडाउन अवधिभर सहकारीले विभिन्न शीर्षकका कर्जामा ब्याज छुट दिने भएको थियो । असार मसान्तसम्म लागेको सम्पूर्ण ब्याज भुक्तानी गरेमा लकडाउन अवधिदेखि असार मसान्तसम्मको ब्याजमा १० प्रतिशत छुट समेत दिएको सहकारीले जनाएको छ ।

विज्ञापन