म्याग्दीको सदरमुकाम बेनीबाट राष्ट्रिय राजमार्ग जोड्ने बेनी- पोखरा सडकखण्ड अवरुद्ध भएको छ । अबिरल बर्षाका कारण सडकमा ठुलो ढुंगा खसेपछि मध्यपहाडी लोकमार्गको पर्वत बागलुङ खण्ड अबरुद्ध भएको हो। लोकमार्गमा पर्ने पर्वतको कुस्मा नगरपालिका २ खुर्कोटमा सडकमा ठुलो ढुंगा खसेपछि सोमबार राती ११ बजे देखि सडक अबरुद्ध भएको हो ।सडकमा खसेको ढुंगालाई स्काभेटरको सहायताले हटाउन नसकिएको र ब्रेकरको सहायताले फुटाल्नुपर्ने अबस्था रहेकाले केही समय लाग्ने देखिएको छ । ढुंगा फोडेर सडक सुचारु गर्ने प्रयास भैरहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख डिएसपी बिश्वराज अधिकारीले बताउनुभयो । भिषण बर्षाले सडकखण्डको ठाउँठाउँमा असर गरेको छ ।