म्याग्दी जिल्लामा चारवटा शाखा रहेको गरिमा विकास बैंकले सजिलो घरकर्जा योजना ल्याएको छ । आफ्नै घर बनाउन चाहनेहरूका लागि बैंकले ‘सजिलो घर कर्जा योजना’ ल्याएको हो ।

ग्राहकको चाहना र आवश्यकतालाई प्राथमिकतामा राखेर विगतमा विना धितो कर्जाको सुविधा समेत ल्याएको बैंकले यो योजनाअन्तर्गत ९.९९ प्रतिशत ब्याजदरमा कर्जा लिन सकिने बेनी शाखाका प्रबन्धक कमलप्रसाद ढुंगानाले बताउनुभयो ।

‘यो यहाँका सेवाग्राहीलाई निकै आर्कषक कर्जा योजाना हो,‘ग्राहकलाई यो सुविधाका बारेमा जानकारी गराउँछौ’ ढुंगानाले भन्नुभयो । उहाँका अनुसार यो योजनामा सहभागी ग्राहकले कर्जा लिँदा २ वर्षसम्म ब्याज मात्र भुक्तानी गर्न सक्ने छन् ।

अन्य बैंक तथा वित्तीय संस्थाबाट घरकर्जा लिएको भए पनि सो कर्जा स्वाप गर्न सकिने बैंकले जनाएको छ । स्वाप गर्दा कुनै पनि कर्जा नलाग्ने प्रबन्धक ढुंगानाको भनाई छ ।

लागत बराबरको सम्पूर्ण कर्जा सुविधा उपलब्ध गराउने बैकले जनाएको छ । म्याग्दी जिल्लामा ठूलो वित्तिय सञ्जाल र धेरै ग्राहक भएको बैंकको रुपमा स्थापित भएको गरिमाले सदरमुकाम बेनीदेखि ग्रामिण क्षेत्रमा समेत आफ्नो फरक पहिचान बनाउन सफल भएको अवस्थामा घरकर्जाको नयाँ योजनाले थप आर्कषण थप्ने बैंकको दावी छ ।

बैंकले सेवा शुल्कमा ५० प्रतिशत छुटको सुविधा पनि दिने जनाएको छ । घर निर्माण गर्दा लाग्ने लागतको शतप्रतिशतसम्मको कर्जा लगानी गर्नेसमेत जनाएको छ । यो योजना अन्तर्गत ३० वर्षसम्मको किस्तामा कर्जा सुविधा उपलब्ध हुनेछ । म्याग्दी तथा आसपासका क्षेत्रका घर कर्जा लिनेको संख्या धेरै छ । नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजत प्राप्त संस्था राष्ट्रियस्तरको कार्यक्षेत्र भएको गरिमा विकास बैंकको हाल देशभर ९० ओटा शाखा सञ्चालनमा रहेका छन् ।

म्याग्दीको सदरमुकाम बेनी, पश्चिम म्याग्दीको बावियचौर, दरबाङ, उत्तरी क्षेत्रका जनतालाई लक्षित गरी पोखरेबगरमा शाखा विस्तार गरेको गरिमाले जिल्लाका सबै बस्तीमा जनतालाई बैकिङ पहुँचभित्र राख्ने गरी वित्तिय साक्षरता कार्यक्रम समेत सञ्चालन गर्ने गरेको छ । बैंकको म्याग्दी सहित देशभरी ९१ शाखा रहेको छ ।

विज्ञापन