म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२,भुरुङ तातोपानीको पहिरोमा दुईजना घाईते भएका छन् । पहिरोस्थलबाट आवतजावत गर्ने क्रममा दुईजना घाईते भएको जनाइएको छ ।

अविरल बर्षाले बेनी–जोमसोम सडकखण्ड भुरुङ तातोपानी भीरबाट ढुंगा खसेर एक जना गम्भीर घाईते भएका छन् भने अर्को यूवा समान्य रहेको सिमा प्रहरी चौकी भुरुङ तातोपानीले जनाएको छ । घाईते मध्ये एक यूवा विदेशबाट आएर दानातर्फ जाने र अर्को नारच्याङ तर्फ जाने क्रममा पहिरोमा परेका थिए ।

कालिगण्डकी नदीले कटान गरेपछि सडकखण्डका आवतजावतमा समस्या भएपछि स्थानीयले जोखिम मोलर यात्रा गर्न बाध्य छन् । घटनाको थप विरण आउन बाँकी छ ।