नेपाल राष्ट्र बैंकले नेपालमै जन्मिएका दुई हात्तिको तस्बीर रु एक हजारको नोटमा समावेश गर्ने भएको छ । यसअघिको हजारको नोटमा भएका हात्तिका तस्बीर नेपालमा जन्मिएका नभएको भन्ने चर्चा थियो । तर आजबाट भने चितवनको हात्तीसारमा जन्मिएका राम लक्ष्मण हात्तिको चित्र राखेर मान्यतामा ल्याइने राष्ट्र बैंकले जनाएको छ ।

नोटमा साबिकको हात्तीहटाएर बैंकको सूचनामा मध्यभाग दुर्लभ राम लक्ष्मणको तस्बीर राखिने बताइएको छ । आजबाट चलनचल्तीमा आएका नोट संकेत ज ६८ ०००००१ देखि ट १०० ९९९९९९ सम्मका रहेका छन् । नोटको नयाँ नोटको बायाँतर्फ सगरमाथाको चित्र रहने सुचनामा जनाइएको छ ।