मेगा बैंक नेपाल लिमिटेडले बेनी शाखाका कर्मचारीले धवलागिरी गाउँपालिका–६, मराङका पहिरो प्रभावितलाई १० हजार सहयोग गरेका छन् । गत असार महिनाको २५ गते आएको पहिरोमा विस्थापित भएकालाई राहत तथा पुर्नवासको अभियानमा उक्त सहयोग गरेको बैंकका शाखा प्रबन्धक कुमार ढुंगानाले बताउनुभयो ।

‘सामाजिक उत्तरदाहित्व अन्तरगत हामीले सानो सहयोग गरेका छौ,‘सानोसानो सहयोगबाटै पीडितलाई राहत मिल्छ’ ढुंगानाले भन्नुभयो । पहिरोमा मराङमा बेपत्ता भएकामध्ये १८ जनाको ज्यान गएको थियो भने २ जना अझै बेपत्ता छन् भने विभिन्न बस्तीका ठूलो संख्यामा विस्थापित जिवन विताइरहेका छन् ।

विज्ञापन