बेनी-मालढुंगा सडकखण्ड अवरुद्ध भएको छ। अबिरल बर्षाका कारण पर्वत जिल्लाको जलजला गाउँपालिका-७ धाईरिङ केराबारीमा आवतजावत ठप्प भएको हो । केराबारीको ठाडो खोलाका पानीको बाहब बढेसँगै आवतजावत रोकिएको त्यहाँबाट रमेश रेग्मीले बेनीअनलाइनलाई जानकारी दिनुभयो । सडक अवरुद्ध भएपछि यातायातका साधन समेत दुवैतर्फ रोकिएका छन् ।

म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँंग जोड्ने सडकखण्ड खोलाले ठुलो मात्रामा माटो र ढुंगा सडकमा थुपारेका कारण सडक अबरुद्ध बनेको छ। अत्याधिक ठूलो वर्षा परेकाले तत्काल सडक खुलाउन समस्या भएपछि बिहिबार अवरुद्ध पन्छाउने बताइएको छ । सडक अवरुद्ध भएपछि अलपत्र सवारी साधनले बागलुङको बाटो प्रयोग गरेका छन् । बिहिबार विहान सडक खुलाउनका लागि डोजर र सुरक्षाकर्मी पठाउने जनाइएको छ । File photo